लघुकथा : झटारो

462
shares

 

विवादले विवाद निम्त्याउँछ |

 

बजेट भाषण भयो, मान्छेका सन्तुष्टि असन्तुष्टिका छुट्टै चाङ छन् | कसैलाई यहीँ भाषण फलिफाप भयो त कसैलाई पुर्पुरोमा हात भने झै भयो | व्यर्थैको टिकाटिप्पणीको ओइरो मात्रै,सबैको आक्रोश पोख्ने ठाउँ चाहिँ धन्न यहीँ सञ्जाल रछ, नत्र के गर्थे होलान् ?

 

पहिलोले मजाक गर्दै बोल्यो,” डायरीमा लेख्थे की |” उसले सम्भावना दर्सायो |

 

चिया पसलमा गफ्फिएका छन् | सबैले आआफ्ना विचार राखेका छन् | घरि खित्का छाडेर हाँस्छन् त घरि गम्भीर देखिन्छन् | तर्क देश, काल, परिस्थिति अनुरूप नै चलेको देखिन्छ |

 

दोस्रो फिस्स हाँस्यो, कर्के नजर जुधाउँदै बोल्यो, “लाजको पसारो,जस्को सरकार बनेपनि सांसद भवन त बाँदर नाच्ने चौतारो भएछ | माइक नपाएरै होत, त्यो हानाहान ?”

 

पहिलेलो पुलुक्क हेर्यो, चियाको सुर्की लियो, ङिच्च दाँत देखायो अनि सोचेर तर्क राख्यो, “ नपाउन्जेल कस्तो पाएपछि सस्तो भनेको यहीँ हो | त्यो भागदौड, चुनावको जित, दुई तिहाइको सरकार के भएका हुन् ? केटाकेटी पारा !”

 

दोस्रोले सहमति जनायो, छड्के हान्यो, “घरि नबोलेरै हैरान त घरि किन बोल्या होला, भन्नु पर्ने ? अचम्म !” ऊ झिझ्झियो

 

सबै सुनिरहेको तेस्रोले सौम्य भाव देखायो | मौनतामा शक्ति हुन्छ, शान्त रहेको मान्छे एक्कासी किन यसरी बोल्यो त ? ऊ गहन हुँदै तर्क राख्यो, “राजनीति भनेको छोरी तर्साएर बुहारी तह लगाउँने कला हो, कुरा एकातिर निशाना अर्कोतिर, भो झटारो नहान त ?” एकाएक सन्नाटा छायो

 

 

 

 

 

civil hospital
Hams Hospitals