विद्युतीय गाडी आयात प्रकरणमा अन्जन र बरालको ‘कनेक्सन’

600
shares

 

काठमाडौं । बजेट घोषणाअघि नै काया ब्रान्डका करिब ७० वटा विद्युतीय (ईभी) गाडी नेपाल आएको बिषयमा धेरै विवाद वाहिर आएको छ । अर्थमन्त्रीलाई यस बिषम जोडेर अनेक चर्चा गरिएको छ । तर, यस बिषयमा अर्थमन्त्रालयको केही कर्मचारी र व्यवसायीहरुको संलग्नता भने खुल्न थालेका छन् ।
राजस्व छल्ने उद्देश्य रहेको आरोप सार्वजनिक भएसँगै नेपाल उद्योग वाणिज्य महासंघको बर्तमान नेतृत्व नै संलग्नताको आधार तयार भएको अर्थमन्त्रालयका एक सहसचिवले बताए ।

उपलब्ध विवरणअनुसार रसुवा नाकाबाट ३० वटा र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट ४० वटा गरी ७० वटा गाडी नेपाल भित्रिएको देखिन्छ । ती गाडीको बजार मूल्य करिब ८० लाख रुपैयाँ रहेको बताइए पनि बजेटमार्फत ५० लाख रुपैयाँभन्दा माथिका सवारीसाधनमा १३० प्रतिशतसम्म भन्सार तथा कर बढाइएपछि आयातकर्ताले ठूलो आर्थिक लाभ लिएको स्पष्ट हुन्छ ।

यस प्रकरणमा अर्थ मन्त्रालयका उच्च कर्मचारी भुपाल बरालको सहयोग रहेको तथ्य खुल्न थालेको छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ पनि कांग्रेस कार्यकर्ता र बराल पनि कांग्रेसकै कार्यकर्ता भएका कारण उनीहरुको मिलेमतो पहिलेदेखि नै थियो । अहिले पनि पुरानै संम्वन्धले राजस्व छल्ने काममा बरालले अन्जन समुहलाई गरेको अर्थका कर्मचारीहरु बताउँछन् ।

बजेट निर्माणको पूर्वसन्ध्यामा लक्ष्मी ग्रुपसँग सम्बन्धित निराकार श्रेष्ठ अर्थ मन्त्रालयमा नियमित रूपमा आउने–जाने गरेका थिए । मन्त्रालयका कर्मचारीका अनुसार उनी प्रायः बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मन्त्रालयमा रहन्थे । बजेट तयारीकै समयमा श्रेष्ठ र बरालबीच पटक–पटक भेटघाट भएको पनि सिसिटिभी फुटेजमा देखिएको ती कर्मचारीको भनाइ छ ।

यस विषयमा लक्ष्मी ग्रुपका निराकार श्रेष्ठ र अञ्जन श्रेष्ठसँग पटक–पटक टेलिफोन तथा सन्देशमार्फत सम्पर्क गर्ने प्रयास गरिए पनि समाचार तयार पार्दासम्म उनीहरुको प्रतिक्रिया प्राप्त हुन सकेन ।

civil hospital
Hams Hospitals