तीन वटा संसदीय समितिको बैठक बस्दै

15.1K
shares
Nabil bank

 

काठमाडौं । संघीय संसद्अन्तर्गत तीन वटा संसदीय समितिका बैठक आज बस्ने भएको छ ।

बिहीबार महिला तथा सामाजिक मामिला समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

बिहान ९ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल गरिनेछ।

यस्तै, राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा वार्षिक कार्यक्रमबारे छलफल हुने कार्यसूची छ।

यस्तै राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी सम्बन्धमा छलफल गरिनेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x