कार्गोबाट सुनको ठूलो खेल पर्दाफास, कपडा भन्दै अमेरिका पठाउने योजना असफल

516
shares

काठमाडौं । जुत्ता, पाइन्ट, साडीलगायतका कपडा रहेको भन्दै अमेरिका पठाउन लागिएको कार्गोबाट ठूलो मात्रामा सुनका गरगहना बरामद भएपछि अन्तर्राष्ट्रिय तस्करीको नयाँ शैली उजागर भएको छ।

१६ असार साँझ करिब ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो कम्प्लेक्समा चेकजाँचका क्रममा मेनिफेस्ट नम्बर AMS AP 321 अन्तर्गत पठाउन लागिएको कार्गो बाकसभित्र कपडाको सट्टा सुनका गरगहना ठुलो मात्रामा फेला परेका हुन्।

घटनापछि प्रहरीले एपेक्स लजिस्टिक प्रालिका सञ्चालक यज्ञराज सुवेदी (४६) र झापास्थित युनिक कार्गो बौछकाका सञ्चालक रामप्रसाद दाहाल (३४) लाई पक्राउ गरेको छ। पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको विमान सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिए।

कपडाको आवरणमा सुन लुकाएर विदेश पठाउने प्रयासले अन्तर्राष्ट्रिय कार्गो प्रणालीको दुरुपयोग गरी संगठित तस्करी गर्ने गिरोह सक्रिय रहेको आशंका बलियो बनेको छ। प्रहरीले बरामद सुनको परिमाण, स्रोत र यसमा संलग्न अन्य व्यक्तिको खोजी तीव्र बनाएको जनाएको छ।

यस्तो छ प्रहरीले बरामद गरेको सुन तथा चाँदीको विवरण:

कपडा भनिएको बाक्साबाट २२ थान ठूलो नौगेडी, ४४ थान सानो नौगेडी, चन्द्रमा १६ थान, जन्तर २० थान, सिंगल ब्रोच १८ थान, डलब ब्रोच १८ थान, शिरफुलो ठूलो ५ थान, शिरफुल सानो २ थान, नेपालको झण्डा अंकित ब्रोच १६ थान, खुकुरी ब्रोचको आकार २३ थान, मंगलसुत्र १८ थान, मोतिमाला ३९ थान, रानिहार १ थान, त्रिशुल १ थान, नेक्लेस गोलावा ४ थान, नेक्लेस चारपाटे ९ थान, काँडावाला चुरा २६ थान, यार्लिङ सहितको शिरबन्दी ३ सेट, झुम्का ३ जोर, तिलहरी ४ थान र सिक्री १ थान बराद भएको छ ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

सुन बोकेको एपेक्स ग्लोबल लजिष्टिकद्वारा स्वीकार  

civil hospital
Hams Hospitals