एउटा शाखाका कर्मचारीको मन्त्रालयमा ‘रजाइँ’, आफ्नै टोली ल्याउन चलखेल ?

222
shares

काठमाडौं । कुनै मन्त्रालयमा उच्च तहका कर्मचारीले चलखेल गर्नु त स्वभाविक हो । तर, एउटा मन्त्रालयमा भने शाखाका रहेका एक कर्मचारीको हर्कत गजवको छ ।

 

भूमि,सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखामा कार्यरत एक कर्मचारीले आफू निकट कर्मचारीलाई मन्त्रालयमा ल्याउन चलखेल गरिरहेका छन् ।

हाल आन्तरिक व्यवस्थापन शाखामा कार्यरत टङ्कप्रसाद पाण्डे केही समयअघि मात्रै कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएर आएका हुन् । मन्त्रालयमा आएलगत्तै उनले कृषि मन्त्रालयमा कार्यरत स्टोरकिपर लोमस आचार्यलाई सामान्य प्रशासन मन्त्रालयमा ल्याउने प्रयास गरिरहेका छन् । त्यसका उनको ठुलो स्वार्थ रहेको छ । जेनजी आन्दोलनमा जलेका सामाग्रीको राफसाफ गर्न यी दुई भाइ जम्न लागेका हुन् ।

 

लोमस आचार्य यसअघि पनि लामो समय सामान्य प्रशासन मन्त्रालयमै स्टोरकिपरका रूपमा कार्यरत रहेको र हालसम्म काठमाडौं उपत्यकाबाहिर सरुवा नभएको कर्मचारी हुन् ।

 

मन्त्रालयभित्र हुने खरिद, भण्डारण तथा अन्य आर्थिक प्रकृतिका कामहरू आफूअनुकूल ढंगले सञ्चालन गर्न सहज हुने उद्देश्यले आचार्यलाई पुनः मन्त्रालयमा ल्याउने प्रयास भइरहेको आरोपसमेत छ ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

जेनजी आन्दोलनमा जलेको भनिएको मोटरसाइकल सडकमा गुड्दै, कारोबार मिलाउन अनुकूलको स्टोरकिपर खोजी

 

civil hospital
Hams Hospitals