लोकसेवा आयोगमा  ६ देखि २५ वर्षसम्म पनि सरुवा नहुने कर्मचारी  

3.4K
shares

काठमाडौं ।सरकारी कार्यालयमा कर्मचारीहरूको सरुवा–बढुवा नियमित प्रक्रिया भए पनि केही कर्मचारीहरू भने लामो समयदेखि एउटै कार्यालयमा निरन्तर कार्यरत रहेको पाइएको छ। प्राप्त विवरणअनुसार लोकसेवा आयोगमा  ६ वर्षदेखि २५ वर्षसम्म बसेका कर्मचारी भेटिएका छन् । जुन दलको सरकार आएपनि उनीहरूले सरुवा हुन परेको छैन ।

उक्त कार्यालयमा उपसचिवदेखि खरिदारसम्मका विभिन्न तहका कर्मचारीहरू लामो समयदेखि कार्यरत छन्।

चुरामणि मरासैनी (उपसचिव), दिवश नेपाली (नायब सुब्बा/पि.ए. सहसचिव), इश्वरी अधिकारी, नवराज रिमाल, हरी प्रसाद पन्थी (स्टोरकिपर), विपिन महासेठ, अच्यूत ज्ञवाली, माया पन्थी, प्रकाश पोखरेल, शोभाखर ज्ञवाली र दुर्गाप्रसाद आचार्य  लामो समय आयोगमाबरहेका छन्।

त्यसैगरी खरिदार तहमा श्रवण कुमार झा, तिलक प्रसाद चालिसे, युवक लम्साल र भूपेन्द्र चौलागाई पनि आयोग छोडेर अन्त गएका छैनन् ।

यी कर्मचारीहरू एउटै कार्यालयमा लगातार ६ वर्षदेखि २५ वर्षसम्म सेवा दिँदै आएका छन्। लामो समय एउटै कार्यालयमा कार्यरत रहँदा प्रशासनिक अनुभव र कार्यसम्पादनमा दक्षता बढ्ने भए पनि सरुवा प्रणालीको प्रभावकारिताबारे प्रश्न उठ्ने गरेको छ। त्यसो त लोकसेवा जस्तो कर्मचारी भर्ना गर्ने कार्यालयमा लामो समय उनै कर्मचारी रहदा निस्पक्षतामा पनि प्रश्न आउने अधिवक्ता केशव अधिकारी बताउँछन् ।

सरकारी सेवा प्रणालीमा नियमित सरुवा र जिम्मेवारी परिवर्तनलाई महत्वपूर्ण मानिन्छ। तर लामो समयसम्म एउटै कार्यालयमा बस्दा कार्यसम्पादन, पारदर्शिता र संस्थागत गतिशीलतामा असर पर्न सक्ने विज्ञहरू बताउँछन् ।

लोकसेवा आयोगदेखि संवैधानिक निकायमा रहेका कर्मचारी सधैँ सुगममा 

civil hospital
Hams Hospitals