Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नाइमा एक्सपो २०२६ को सम्पूर्ण तयारी पूरा

147
shares

 

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आयोजना गर्न लागेको NAIMA Nepal Mobility Expo 2026 – Nepal’s Largest Auto Expo को सम्पूर्ण तयारी पूरा भएको छ।

एक्स्पो २०८३ साउन २६ देखि ३१ गते (११–१६ अगस्ट २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ। एक्स्पोको उद्घाटन साउन २६ गते (११ अगस्ट २०२६) बिहान ९:०० बजे नेपाल प्रहरी क्लबस्थित Blue Pavilion Auditorium Hall मा हुनेछ।

उद्घाटन समारोहमा नेपाल सरकारका विशिष्ट पदाधिकारी, विभिन्न कूटनीतिक नियोगका अधिकारी, प्रतिष्ठित संघसंस्थाका पदाधिकारी, नाइमाका सञ्चालक समिति तथा सदस्य संस्थाका प्रतिनिधि, प्रदर्शनी साझेदार संस्था, अटोमोबाइल तथा मोबिलिटी क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिलगायतको विशेष उपस्थिति रहनेछ।

नेपालकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुन लागेको एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्डहरू सहभागी हुनेछन्। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा Learning Sessions, Policy Dialogues and Industry Interactions लगायतका कार्यक्रम सञ्चालन हुनेछन्।

नाइमाका अध्यक्ष रितु सिंह वैद्यले NAIMA Nepal Mobility Expo 2026 नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गर्ने मात्र नभई भविष्यको दिशा तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा रहने बताइन्।

“एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको छ,” अध्यक्ष वैद्यले भनिन्, “यसपटकको एक्स्पोमा प्रविधि, नवप्रवर्तन र दिगो मोबिलिटीका क्षेत्रमा भएका नवीनतम विकासलाई नेपाली उपभोक्तासमक्ष ल्याउँदैछौँ। उद्योग क्षेत्रको उत्साहपूर्ण सहभागिताले एक्स्पोप्रतिको विश्वास अझ बलियो बनाएको छ।”

त्यस्तै, एक्स्पोको अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले नाइमा बोर्ड तथा विभिन्न समितिको नेतृत्व र मार्गदर्शनमा सचिवालयले सदस्य कम्पनी, प्रदर्शक, साझेदार, सरकारी निकाय तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय गर्दै एक्स्पोको तयारी अगाडि बढाएको बताए।

“यसपटक प्रदर्शनीसँगै Learning Sessions, तालिम तथा जनचेतनामूलक कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिएका छौँ,” उनले भने, “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगका नेतृत्वकर्ता, विद्यार्थी र सरोकारवालालाई जोडेर ज्ञान आदानप्रदान, सीप विकास तथा सुरक्षित र जिम्मेवार मोबिलिटीप्रति जनचेतना अभिवृद्धि गर्ने हाम्रो उद्देश्य हो।”

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले NAIMA Nepal Mobility Expo प्रदर्शनी, सिकाइ र जनचेतनाको केन्द्रका रूपमा रहने बताए।

“मेला अवधिभर ६ दिन नै आयोजना हुने विभिन्न Learning Sessions, Policy Dialogues and Industry Interactions मा सहभागिताका लागि हामी सबैलाई हार्दिक अनुरोध गर्दछौँ,” उनले भने।

एक्स्पो सञ्चालन समय

उद्घाटन समारोह सम्पन्न भएपछि साउन २६ गते (११ अगस्ट २०२६) दिउँसो १:०० बजेदेखि साँझ ७:०० बजेसम्म एक्स्पो खुला रहनेछ। त्यसपछि बाँकी दिनहरूमा बिहान ११:०० बजेदेखि साँझ ७:०० बजेसम्म एक्स्पो सञ्चालन हुनेछ।

साझेदार संस्थाहरू

एक्स्पोको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड र रेडबुल Powered by का रूपमा रहेका छन्।

बैंकिङ पार्टनर: एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड।

इन्स्योरेन्स पार्टनर: सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड।

टेक्नोलोजी पार्टनर: BOSCH।

एजुकेसन पार्टनर: ग्लोबल कलेज र एम्बार्क कलेज।

चार्जिङ पार्टनर: अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड।

राइड पार्टनर: पठाओ नेपाल प्राइभेट लिमिटेड।

हाइड्रेसन पार्टनर: अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड।

हस्पिटालिटी पार्टनर: द सोल्टी काठमाडौं।

मेडिकल पार्टनर: ग्रान्डी इन्टरनेसनल हस्पिटल।

सर्भिलियन्स पार्टनर: भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (Hikvision)।

फायर एन्ड सेफ्टी पार्टनर: हिट्को प्राइभेट लिमिटेड।

त्यस्तै, को–टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियनपे, अडियो–भिजुअल पार्टनरमा पायोनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन्।

NAIMA Nepal Mobility Expo 2026 ले नेपालमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा भइरहेको प्रविधिगत विकास, नवप्रवर्तन र दिगो मोबिलिटीका अभ्यासलाई एकै स्थानमा प्रस्तुत गर्दै उद्योग, सरकार, विज्ञ, विद्यार्थी, उपभोक्ता तथा सरोकारवालाबीच संवाद र सहकार्यको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) काठमाडौं, नेपाल

civil hospital
Hams Hospitals