सुनको मूल्य ह्वात्तै बढ्यो हेर्नुहोस् कति पुग्यो?
वि.सं.२०८३ असोज १६ शुक्रवार
111
shares
shares
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यसको मूल्य प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासंघका अनुसार शुक्रबार १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५२ हजार ७ सय ४५ रुपैयाँ कायम भएको छ। १० ग्राम चाँदीको मूल्य भने ३ हजार ८ सय १५ रुपैयाँ निर्धारण गरिएको छ।






























