प्रशासनतर्फ ७ कर्मचारीको बढुवा सिफारिस, को–को परे सूचीमा?

2.4K
shares
Nabil bank

काठमाडौं । लुम्बिनी प्रदेशमा कार्यक्षमता मूल्यांकनका आधारमा सात जना कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको बढुवा समितिको सचिवालयले प्रदेश प्रशासन सेवातर्फको सामान्य प्रशासन समूहमा रिक्त नवौँ तहका पदमा बढुवाका लागि सात कर्मचारीको नाम सिफारिस गरेको हो।

बढुवाका लागि सिफारिस हुनेमा मेघराज पौडेल, लोककुमार कार्की, नवीन श्रेष्ठ, सुरजकुमार चुदारा, उपज ज्ञवाली, आलोक अग्रहरी र प्रेमलाल रसाइली रहेका छन्।

समितिले सम्बन्धित कर्मचारीहरूको कार्यक्षमता मूल्यांकनका आधारमा बढुवाको प्रक्रिया अघि बढाउँदै उनीहरूको नाम सिफारिस गरेको जनाएको छ।

सिफारिससँगै अब सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया पूरा गरी बढुवा तथा पदस्थापनको बाटो खुल्नेछ। प्रदेश प्रशासन सेवामा रिक्त उच्च तहका पद पूर्ति गर्ने क्रममा गरिएको यो सिफारिसले प्रशासनिक संरचनामा समेत प्रभाव पार्ने देखिएको छ।

civil hospital
Hams Hospitals