साढे ९ हजार घुस लिने भन्सारका अधिकृत र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा

58
shares
Nabil bank

काठमाडौं । सेवाग्राहीसँग सामान विदेश पठाउने प्रक्रियामा घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

उनीहरू कार्यालयअन्तर्गत वैदेशिक हुलाक शाखा, डिल्लीबजारमा कार्यरत थिए। सेवाग्राहीले सामान कुरियरमार्फत विदेश पठाउन खोज्दा उनीहरूले अतिरिक्त रकम मागेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

घुस मागेर सेवाग्राहीलाई अनावश्यक आर्थिक भार थपेको आरोप लागेका दुवै कर्मचारीलाई केही समयअघि अख्तियारको टंगालस्थित टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

आयोगले अनुसन्धान पूरा गरी दुवैविरुद्ध ९ हजार ५०० रुपैयाँ बिगो कायम गरेको छ। अख्तियारले उनीहरूलाई भ्रष्टाचारसम्बन्धी कसुरमा कैद र जरिवानासमेत हुनुपर्ने मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x