दोस्रो कार्यकाल जीवनकै ठूलो चुनौती: घिसिङ

13.4K
shares
Nabil bank

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार गरेर दोस्रो कार्यकाल सम्हालेको बताएका छन् । घिसिङले करिब ११ महिनापछि पुनः प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा बुधबार कार्यभार सम्हालेका हुन् ।

घिसिङद्वारा पदबहाली

कार्यभार सम्हाल्दै घिसिङले भने, ‘दोस्रो कार्यकाल ठूलो चुनौतीका रूपमा स्वीकारेर आएको छु, योभन्दा ठूलो चुनौती व्यक्तिगत जीवनमा अरू छैन ।’

प्राधिकरणको आवश्यकता, सरकारको जिम्मेवारी र आमसर्वसाधारणको अपेक्षाले गर्दा चुनौतीको जोखिम लिएको भन्दै उनले सरकारको कार्यायोजनाअनुसार नेपालको ऊर्जा क्षेत्रलाई आफूले नयाँ उचाइ दिने बताए ।

१५ हजार कर्मचारीको सहयोगले नै पहिलो कार्यकालमा उल्लेख्य सफलता पाएको बताउँदै उनले दोस्रो कार्यकालमा पनि सबैको साथ सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । साथै टिमवर्कमा काम गर्नुपर्ने बताउँदै उनले काम लिने तर कार्यान्वयन नगर्ने परिपाटीबाट अब कसैले उन्मुक्ति नपाउनेसमेत बताएका छन् ।

यसका साथै उनले संस्थालाई डिजिटलाइजेसन गर्ने, स्मार्ट मिटर देशभर प्रयोग गराउने, सहरी क्षेत्रमा विद्युतीय तारहरू अन्डर ग्राउन्डिङ गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् । उनले भने, ‘सहरलाई पोलरहित, ताररहित बनाउन सडक विभागलगायत सबैसँग मिलेर कार्यान्वयनमा जानुपर्नेछ ।’

ट्रान्समिसन लाइनको अभावमा बिजुली खेर जाने अवस्था आउन नदिने बताउँदै उनले बुटवल–गोरखपुर ट्रान्समिसन लाइन निर्माणका लागि मन्त्रिपरिषद्बाट स्वीकृति भई आएकाले त्यो काम तत्काल अघि बढाउने प्रतिबद्धता जनाएका छन् । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई व्यावहारिक रूप दिन अपर अरुण, चैनपुर सेती, तामाकोसी–५ जस्ता आयोजना छनोट गरेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए ।

राजधानी दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x