संवैधानिक परिषद्को निर्णयसम्बन्धी सुनुवाइ तत्काल नगर्न आदेश

10.8K
shares
Nabil bank

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषद्को निर्णयसम्बन्धी मुद्दाको सुनुवाइ तत्कालका लागि नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विपक्षी बनाएको संवैधानिक परिषद्ले विभिन्न आयोगमा गरेको निर्णयविरुद्धको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलासमा बस्न पाउने कि नपाउने भन्ने विषयमा परेको रिटमा सर्वोच्चले तत्काल सुनुवाइ रोक्न अन्तरिम आदेश दिएको हो ।

प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्नैपर्ने संवैधानिक दायित्व भएकाले प्रधानन्यायाधीशकै नेतृत्वमा संवैधानिक इजलास गठन गर्नुपर्ने भनी अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सुनुवाइ रोक्न अन्तरिम आदेश दिएको हो ।

गत शुक्रबार प्रधानन्यायाधीश राणाले आफू विपक्षी भएको मुद्दाको सुनुवाइका दिन बिदामा बस्ने र सो दिन वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीशको हैसियतले संवैधानिक इजलासमा राख्ने गरी बाटो खोलेका थिए । राजधानी दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x