बैंक तथा वित्तीय संस्थाहरुकाे ब्याजदर प्रभाव , सेयर बजारमा गिरावट
वि.सं.२०७८ कात्तिक १ सोमवार
17.3K
shares
shares
काठमाडौं । आज (सोमबार) सेयर बजारमा गिरावट आएकाे छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर प्रकाशन गरेसँगै यसको प्रभाव बजारमा देखिएको हो ।
आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९.५१ अंकले घटेर २५८७.४५ बिन्दुमा पुगेको छ । आज नेप्से २.६२ प्रतिशतले घटेको हो । त्यस्तै, सेन्सेटिभ परिसूचक १२.४३ अंकले घटेर ४८४.९३ बिन्दुमा पुगेको छ ।
सोमबार कुल २१८ कम्पनीको ८७ लाख ७६ हजार ३३७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अरब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँको कारोबार भएको छ ।
Subscribe
0 Comments
Oldest






























