नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा लाभांश संशोधन
वि.सं.२०७८ कात्तिक ४ बिहीवार
12K
shares
shares
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले लाभांश संशोधन गरेको छ । कम्पनीले ११ दशमलव २४ प्रतिशत बोनस शेयर र ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा संशोधन गरी १२ दशमलव ६११ प्रतिशत बोनस शेयर र ३ दशमलव ३८९ प्रतिशत नगद लाभांश कर समेत गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश परिवर्तन भएको जानकारी गराएको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
Subscribe
0 Comments
Oldest






























