प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन

10.1K
shares
Nabil bank

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूको भेटमा आफू संवैधानिक प्रक्रियाबाट आएकाले सडकबाट राजीनामा माग्दैमा नदिने अडान लिए ।

सर्वोच्चका १५ न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीश राणालाई राजीनामा दिएर न्यायालयलाई सहज बनाइदिन आग्रह गरेपछि विवादमा मुछिएका अन्य न्यायाधीशले पहिला राजीनामा दिनुपर्ने सर्त अघि सारेका छन् ।

‘तपाईंहरूले गरेका आदेश–फैसलालाई लिएर पनि विवाद भएको छ । सो विवादित फैसलामा सामेल तपार्इंहरूले पनि राजीनामा दिने भए म पनि दिन्छु,’ प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूसँग भने, ‘सडकबाट कसैले राजीनामा माग्दैमा म दिन्नँ, म आफ्नो संवैधानिक दायित्वमा बस्छु ।’ राजधानी दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x