ललिता निवास जग्गा प्रकरण – नेपाल र भट्टराईविरुद्ध परेको मुद्दाको फैसला आज हुँदै
वि.सं.२०७८ कात्तिक १५ सोमवार
shares
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला आज हुँदैछ ।
गत असोज १८ गते प्रधानन्यायाधीश जबरा र न्यायाधीश सुवेदीको संयुक्त इजलासमा बहस सकिएपछि आज निर्णय सुनाउन लागिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने भएको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई अख्तियारले मुद्दा नचलाएको भन्दै अख्तियारसमेतलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।
यसअघि अख्तियारले २०७६ माघ २२ मा बालुवाटारस्थित ललिता निवास क्याम्पको करिब एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लैजान भूमिका निर्वाह गर्ने एक सय ७५ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दर्ता गरेकाे थियो ।
































