जनगणना सुरु,जनसंख्या ३ करोड ननाघ्ने

13.9K
shares
Nabil bank

नेपालको जनसंख्या यसअघि प्रक्षेपण गरेभन्दा केही कम हुने आकलन केन्द्रीय तथ्यांक विभागले गरेको छ। देशमा बिहीबार राष्ट्रिय जनगणना–२०७८ सुरु भएको छ ।

राष्ट्रिय जनगणना २०७८ बारे बुधबार जानकारी दिँदै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जन्मदर घटेकाले जनसंख्या पनि प्रक्षेपण गरेभन्दा कम हुने अनुमान गरिएको बताए।विगतको जनसंख्या वृद्धिदरलाई आधार मानेर यसपटक मुलुकको जनसंख्या तीन करोड नाघ्ने अनुमान गरिएको थियो। पछिल्ला संकेतले तीन करोड ननाघ्ने देखाएको जानकारी विभागले दिएको छ ।

विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार भदौ ३० देखि असोज १८ सम्म गरिएको घरपरिवार सूचीकरणमा घरपरिवारको संख्या पनि अनुमान गरेभन्दा कम देखिएको छ। यो हिसाबले पनि प्रक्षेपण गरिएभन्दा कम जनसंख्या हुने देखिएको हो।

विभागले घरपरिवार सूचीकरणअघि जनसंंख्या ३ करोड ५ लाख पुग्ने अनुमान गरेको थियो।‘घरपरिवार सूचीकरणपछि नेपालको कुल जनसंख्या तीन करोडभन्दा कम हुने सम्भावना देखिएको छ’,चौलागाईंले भने ।

नेपालमा सन् २०१९ मा गरिएको मल्टिपल इन्डिकेटर सर्भेले पनि जन्मदर घटेको देखाएको छ। सर्वेक्षणअनुसार नेपालमा प्रतिव्यक्ति जन्मदर सन् २०२० मा १.६७ छ।जनसंख्या सन्तुलनमा रहन जन्मदर २.१ हुनुपर्ने मान्यता छ ।

परिवार कल्याण महाशाखा बाल शाखाका पूर्वप्रमुख डा. झलक गौतमका अनुसार डेढ दशकयता जन्मदर घट्दै आएको छ।शिक्षा,महिलाको रोजगारीमा सहभागिता,गर्भपतन सेवा तथा परिवार नियोजनका साधनमा पहुँच बढ्नु,महिला आर्थिक क्रियाकलापमा सहभागी हुनु,वैदेशिक रोजगारीले दम्पती लामो समय अलग भएर बस्नुजस्ता कारणले पनि जन्मदरमा कमी आएको हो ।

डा. गौतमका अनुसार नेपालका केही जिल्लाका स्वास्थ्यसंस्थामा प्रसूति हुनेभन्दा गर्भपतन गर्ने महिलाको संख्या बढी छ। महिला पेसा–व्यवसायमा संलग्न हुने,ढिलो विवाह गर्ने र विवाहपछि पनि जागिर तथा अन्य व्यवसायमा सक्रियता,एकल परिवार संरचनाजस्ता कारणले पनि जन्मदर घटेको छ । नागरिक दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x