नेपाली कांग्रेसको १४औँ महाधिवेशन : मतदान समय थप गरियाे
वि.सं.२०७८ मंसिर २७ सोमवार
18.6K
shares
shares
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मतदान समय थप गरिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि सुरु भएकाले मतदानको समय थप गरिएको हो ।
निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
Subscribe
0 Comments
Oldest
































