देउवा १ दिने भ्रमणका लागि मंगलबार धरान जाने , यस्तो छ कार्यतालिका

19.3K
shares
Nabil bank

काठमाडौं। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा १ दिने भ्रमणका लागि मंगलबार धरान जाने भएका छन् । देउवा विभिन्न ४ कार्यक्रममा सहभागी जनाउन धरान जान लागेका हुन् ।

धरानमा भोलि बिहान १० बजे देखि विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालीका रहेको छ । देउवा धरान पुगे लगत्तै नेपाली काँग्रेस धरान नगर समितिको कार्यालय उद्घाटनको लागी समय मिलाइएको छ ।

त्यसपछि सिधै उपमहानगरपालिकाले २६ करोड लगानीमा निर्माण गरेको फोहोर मैला प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै धरानको निर्माणाधीन बसपार्क अवलोकन पछि मेयर तिलक राईको निवासमा खानाको प्रबन्ध मिलाइएको छ । खाना पश्चात सुनसरी काँग्रेसका नेताहरू सँग भेटघाट गर्नेछन्। त्यसपछि धरान महोत्सवमा सहभागी भएर प्रधानमन्त्री देउवा दिउँसो ४ बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x