प्रकाशले सितालाई आमा भनेर सम्बोधन गर्दै गर्दा, उनको गहभरि आँशु
वि.सं.२०७७ पुस २१ मंगलवार
1.3K
shares
shares
काठमाडौं, २० पुष । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोराले पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीलाई भेटेका छन् । थप उपचारका लागि भारतको मुम्बई लैजाने कार्यक्रम तय भएसँगै विप्लवका छोरा प्रकाश चन्दले सोमबार बिहान सीता दाहाललाई भेट्न खुमलटार पुगेको जनाइएको छ ।
दाहाललाई भेटे सँगै डाक्टर समेत रहेका विप्लवपुत्र प्रकाशले स्वास्थ्यसम्बन्धी केही सुझावका साथै शिघ्र स्वास्थ्यलाभको कामना गरेको जनाइएको छ । प्रकाशले दाहाललाई आमा भनेर सम्बोधन गर्दै गर्दा, उनको गहभरि आँशु भरिएको पनि भेटपछि सार्वजनिक तस्बिरमा देखिएको छ ।
प्रकाशले भेटेलगत्तै सीतालाई मुम्बई लगिएको छ । सीतासँगै प्रचण्डका साथै छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि उपचारका लागि भारततर्फ सँगै गएका छन् ।


























