संखुवासभामा बस दुर्घटना : उद्वारका लागि हेलिकोप्टर पठाउन गृहमन्त्रीकाे निर्देशन
वि.सं.२०७८ फागुन २६ बिहीवार
1.6K
shares
shares
गृहमन्त्री बालकृष्ण खाँणले संखुवासभामा भएको बस दुर्घटनाका घाइतेहरुलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् ।
गृहमन्त्री खाँणले बिहीबार बिहान संखुवासभाको मादी नगरपालिका-६ पुलुङस्थित सात घुम्तिमा भएको दुर्घटनाका घाइतेहरुकाे उद्वारका हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिएका हुन् ।
आज बिहान संखुवासभाबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटना भएको थियो । दुर्घटनामा परि हालसम्म १४ जनाको मृत्यु भएको छन्। त्यस्तै ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।




























