राष्ट्रियता बचाउने र लोकतन्त्र प्राप्त गर्ने माध्यम संस्कृति हाे : अध्यक्ष ओली

3K
shares

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको बताएका छन् । नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको बताए यसलाई रक्षा गर्नुपर्ने बताएका हुन् ।

एमाले निकट शुक्रबार जनसांस्कृतिक महासंघको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै देश बिगार्नु छ भने त्यस देशको संस्कृतिमाथि आक्रमण हुने भन्दै अहिले नेपालको संस्कृतिमाथि हमला भइरहेकाले रक्षा गर्नुपर्नेमा जाेड दिएका हुन् ।

‘कुनै देश बिगार्नु छ भने त्यसको संस्कृति बिग्रेकै हुन्छ । हामीहरूमाथि सांस्कृतिक हमला भइरहेको छ । त्यो हमलालाई परास्त गर्न र हाम्रो संस्कृतिलाई जीवित राख्न आवश्यक छ,’ ओलीले भने ।

राष्ट्रियता बचाउन र लोकतन्त्र प्राप्त गर्ने माध्यम संस्कृति रहेको भन्दै उनले नेपालको सभ्यता निकै पुरानो रहेको बताए ।

civil hospital
Hams Hospitals