व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्न माओवादीकाे निर्णय

2.1K
shares

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्न दिने भएकाे छ ।

आज (आइतबार) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमालटारमा बसेको माओवादी केन्द्रको बैठकले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पास‌ गर्न दिइने निर्णय गरेकाे हाे ।

यसअघि परिमार्जन नगरि एमसीसी‌ पास‌ गर्न नहुने अडान राखेकाे माओवादी केन्द्र शीर्ष नेताहरुको आज बिहान साे निर्णय गरेकाे हाे ।

माओवादीले एमसीसी अनुमोदन गर्ने निर्णय गरेलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । आजको बैठकमा एमसीसी कार्यसूचीमा परेको छ ।

civil hospital
Hams Hospitals