निर्वाचन आयोगकाे जवाफ : “चुनाव चिह्नको रङ आयोगको क्षेत्राधिकारको विषय हाे”

2.3K
shares

निर्वाचन आयोगले चुनाव चिह्नको रङ आयोगको क्षेत्राधिकारको विषय भएको बताएको छ । प्रतिपक्षी दल नेकपा एमालेले यसअघि मतपत्रमा चुनाव चिह्न हरियो किन राखिएको भने प्रश्न गरेकाे थियाे । साेहि प्रश्नकाे जवाफमा आयाेगले याे क्षेत्राधिकारको विषय भएको बताएको हाे ।

मतगणनाका क्रममा समस्या ननिम्तियोस् भनेर मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउने तयारी रहेकाे तथा २०७४ को निर्वाचमा प्रयोग भएको रङ निलो रहेको र स्वस्तिक छापको रङ पनि निलो भई रङमा एकरुपता भएकोमा परिवर्तन गरिएको आयोगले स्पष्ट पारेकाे हाे ।

त्यस्तै, विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्ने तयारी रहेकाे समेत बताएका हुन् ।

कतिपय मतदाताले एकपटक स्वस्तिक छाप मसीमा चोपेपछि चुनाव चिन्हमा लगातार मतदान गर्दा अन्तिमतिरको चिन्हमा लगाएको स्वस्तिक छाप मधुरो हुनेजस्ता समस्या देखिएका कारण स्वस्तिक र चुनाव चिन्हको रंग फरक गर्न रङ परिवर्तन गरिने आयोगले जनाएको छ।

civil hospital
Hams Hospitals