नेप्से परिसूचकमा सामान्य वृद्धि

काठमाडौं। सेयर बजार मापक नेप्से परिसूचक आज (मंगलबार) सामान्य वृद्धि देखिएको छ । नेप्से परिसूचक मंगलबार १२.५४ अंकले बढेर २ हजार ६४७.५४ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले बढेको छ । मंगलबार कारोबारमा आएका २३५ कम्पनीको ५३ लाख २९ हजार ९९३ कित्ता सेयर २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार १७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये सोमबार १२ वटा उपसमूहको सूचकमा वृद्धि हुँदा बाँकी एक वटा उपसमूहको सूचकमा गिरावट आएको छ । विकास बैंकको ,जलविद्युत, फाइनान्स, जीवन बिमा र लगानी उपसमूहको सूचक ० प्रतिशत भन्दा बढीले बढेको छ ।

कारोबार रकमका आधारमा १० करोडभन्दा बढीको सेयर खरिदबिक्री गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । शिवम् सिमेन्ट र जीवन विकास लघुवित्तको ८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro