स्थानीय तह निर्वाचन : निर्वाचन अधिकृत ताेकिए, काे काे कहाँ परे?
वि.सं.२०७८ चैत १३ आइतवार
3.2K
shares
shares
काठमाडौं। निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतहरु तोकेको छ । आयोगले जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
त्यस्तै, ७५३ स्थानीय तहका उपसचिव तहका कर्मचारीहरुलाई निर्वाचन अधिकृत तोकेको हो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
त्यस्तै अब ताेकिएकाे स्थानमा जान्नु अघि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण दिइने तथा उक्त कार्यक्रममै नियुक्ति पत्र दिइने आयोगले जनाएको छ।






























