पैसाको आडमा होइन्, जनताको माझमा भिजेका इमान्दार तथा योग्य व्यक्तिलाई नेतृत्वमा पुर्याउ

स्थानीय तहको निर्वाचन आउन अब ५३ दिन मात्र बाँकी  पार्टीमा लामो समयदेखि काम गर्दै आएका धेरै कार्यकर्ताहरु स्थानीय तहको निर्वाचनको मैदानमा टिकट लिएर आउन तत्पर देखिन्छन् तर पार्टी नेतृत्वले कसको हातमा टिकट राखिदिने हो पत्तो छैन् कतिपय एकल सम्भावित उम्मेदवारहरु भने टिकट पाउने कुरामा निर्धक्क देखिन्छन् आकांक्षीहरूको दौडादौडी सुरु हुन थालेको चुनावी सरगर्मी बढेको छ ।

संघियता पश्चात स्थानीय तहको पहिलो कार्यकाल हामी सबैले अनुभुत गर्ने अवसर प्राप्त गर्यौ कतिपय जनप्रतिनिधिहरुले उल्लेखनीय कार्य गर्न सफल भए धेरै स्थानीय तहले नविनतम कार्यहरु थालनी गरेका छन् असल अभ्यासको रुपमा उदाहरणीय कार्य गरेका छन्

समयमा वजेट पास गर्ने, वार्षिक कार्ययोजना बनाई समयमा नै अख्तियारी दिई कार्य सम्पादन समयमा गर्ने, दक्ष,विज्ञ व्यक्तिहरुसँग राय सल्लाह लिने, शु-शासनका मुलभुत सिद्धान्त अनुरुप सेवा प्रवाह चुस्त नाउने, जनताको मतको कदर गर्दै उनीहरुलाई सम्मानजनक व्यवहार प्रस्तुत गर्ने, बढी भन्दा बढी आर्थिक श्रोत संकलन गरी सामाजिक,आर्थिक,मनोवैज्ञानिक,भौतिक क्षेत्रको विकासको लागि कार्य गर्ने, हरेक क्षेत्रमा समावेशी सहभागीता सुनिश्चित गरी कार्यसम्पादन, कार्यान्वयन मुल्यांकन जस्ता कार्यहरुमा जवाफदेहीता प्रदर्शन गर्ने यी यस्ता कार्यहरुले गर्दा अघिल्लो पटक निर्वाचित जनप्रतिनिधिहरुले जनताबाट विश्वास आर्जन गरेका छन् । आगामी कार्यदिशामा जनतालाई लामवद्ध गराउन लालायीत नाएका छन्

कतिपयले जनताले आहा भन्न लायक काम गर्न सकेनन् स्थानीय तहमा प्राप्त भएको जेट पनि पुर्ण रुपमा कार्यान्वयन गर्न सकेनन् अहिलेको अवस्थामा सरकारी वजेट सँगै विभिन्न विकास साझेदार संघसंस्था,नीजि क्षेत्रसँग साझेदारी गरी आर्थिक श्रोत संकलन गरी विकासका लागि खर्च गर्न सकिने धेरै अवसरहरु छन्

सञ्चित कोषमा आएको जेट समेत खर्च गर्न नसकेको अवस्थामा अन्य श्रोतबाट जेट संकलन गरी कार्य गर्ने कुरा आकाशको फल जस्तो हुन पुग्यो स्थानीय तहलाई यतातिर धेरैजसोको ध्यान जान सकेन नेतृत्व गर्ने व्यक्तिले योजना विकासलाई बुझेको भए यी यस्ता अवसरहरु लाई स्थानीय तहमा केन्द्रित गरी जनताको जिवनस्तर उकास्ने तर्फ धेरै कार्यहरु गरेर देखाउन स्वर्णिम अवसर थियो

कतिपय स्थानीय तहले ६/ महिनासम्म वार्षिक जेट पास गर्न सकेनन् विवादै विवादमा पाँच वर्ष बिताए कतिपय कमाउने धन्दामा लागे आफ्ना वरिपरी भएकाहरुलाई कमाउने धन्दामा लिप्त नाए अरु जनताको मर्कामा मलम पट्टी लगाउने कार्यमा त्यति उल्लेख्य कार्य गर्न सकेनन् केही जनप्रतिनिधिहरुमा अहमता मै सर्वज्ञ हुँ भन्ने रवाब बढ्यो

त्यसको सट्टामा विकासको गतिलाई वढाउन सकेको भए उनीहरु माथि जनताको विश्वास ढेर जाने थियो नयाँ आउने व्यक्तिले के गर्ला कसो गर्ला उनीहरुलाई नै पुन नेतृत्वमा ल्याउनु पर्छ भनी उनीहरुको पक्षमा जनमत ढेर जान्थ्यो तर अधिकांश जनप्रतिनिधिहरुले यस्तो वातावरण सिर्जना हुने काम गर्न सकेनन्

विकासका कार्यलाई ओझेलमा पार्ने काम गरे आफु आफ्ना केहीलाई वनाउन तर्फ लागे यस सन्दर्भमा निर्वाचित अधिकांश जनप्रतिनिधिहरुको स्वभाव,कार्यशैली, मनपरीतन्त्रका कारण धेरै जनताहरु आजिद भएका छन् यो संघियताले जनतालाई झन गरीव नायो दुख दिने काम गर्यो भन्न थालेका छन्

राम्रो काम गरेको व्यक्तिलाई कार्यसम्पादन मुल्यांकनको आधारमा पुनः मैदानमा ल्याउने कार्य मनासिव हो तर राम्रो कार्यसम्पादन नगर्ने अघिल्लो नेतृत्वलाई भने विदा दिनुपर्दछ यो हिम्मत पार्टीको नेतृत्वले गर्नुपर्दछ वर्ष अगाडीको जस्तो परिवेश अहिले छैन

धेरै जनताले बुझिसकेका छन् उनीहरुको कार्यशैली नजिकवाट नियालेका छन् त्यसकारण त्यस्ता व्यक्तिहरु मैदानमा आए भने पक्कै जनमत टुल्न गाह्रो पर्ने अवस्था योजना विकासलाई राम्रोसँग बुझेको, विकासको खाँका वनाई कार्य गर्न सक्ने , दिर्घकालिन सोच भएको,आहा भन्न लायकको नेतृत्व प्रदान गर्ने सक्ने ,राम्रो छवि भएको व्यक्तिलाई निर्वाचनमा टिकट दिईनु पर्दछ अनिमात्र जनता त्यस्ता व्यक्तिलाई भोट दिन लालायीत हुन्छन 

पैसाको भरमा टिकट बाड्ने प्रवृत्तिलाई शुन्यमा झार्नु पर्दछ यदी यही पैसातन्त्र चल्ने हो भने लामो समयदेखी राजनितिमा लागेर जिवन समर्पण गरेका,इमान्दार व्यक्तिहरुको आर्थिक अवस्था लियो छैन् भने कहिल्यै टिकट नपाउने परिपाटी निर्माण हुन्छ

छिन्न भिन्नको अवस्था सिर्जना हुन्छ पुराना विरासत बाेकेका ,क्षमतावान, ओजनदार,कटिवद्ध व्यक्तिहरु पलायन हुन सक्ने अवस्था सिर्जना हुन्छ जनताको आशा भनेको असल शासक हो यस पक्षमा सवै राजनैतिक दलको ध्यान केन्द्रित हुनुपर्दछ

पैसामा राजनिति गर्नेहरु अडिग हुदैनन् उनीहरु पैसाको रवैया देखाएर स्वार्थका लागी जता पनी लिप्त हुन सक्ने नियतका हुन्छन सबै स्थानमा पैसाले मात्र चुनाव जितिन्न व्यक्ति नै खराव भने जति पैसा ओछ्याए पनी जनमत प्राप्त हुदैन कतिपयले करोडौ रकम खर्च गर्दा पनी चुनावमा हार वेहोर्नु परेको अवस्था

कुनैपनि पार्टीले ओजनदार कार्यकर्ताहरु पार्टीभित्र नै स्थापित गराउने हो भने ति लामो समयदेखी आवद्ध भएका राम्रा कार्यकर्ताहरुलाई यस चुनावमा टिकट दिइनु पर्दछ जसले गर्दा समुदायमा पनि राम्रो सन्देश प्रवाह हुन्छ अव पार्टीले पैसाको भरमा टिकट दिदैन आफु योग्य,इमान्दार व्यक्तिमा अडान हुनुपर्ने रहेछ भनी व्यक्तिले आफुलाई सुधारेर अगाडी ढ्ने सुनौलो अवसर प्राप्त गर्दछ

पैसाबाट सबै चिज प्राप्त हुन्छ भन्ने परिपाटीको विकास भयो भने भ्रस्टाचार,चोरी,अनैतिक धन्दा,कालोबजारी वढ्छ विकासले कहिल्यै गति लिन सक्दैन देशका गरीव जनताहरु दुखै दुखको चपेटामा रुमल्लिरहन् वाध्य हुनेछन् समाजमा विकृति,अशान्ति,द्धन्द्ध वढ्न थाल्दछ मानिसहरु अराजक हुन्छन यस किसिमका समस्या नियन्त्रण गर्न देशलाई गाह्रो पर्न जान्छ  राज्यले ठुलो मात्रामा क्षति व्यहोर्नु पर्ने अवस्था बन्न जान्छ

अघिल्लो कार्यकालमा विकासले गति लिन नसक्नुको महत्वपुर्ण कारण भनेको चुनावमा करोडौं पैसा खर्च गरे उनीहरु रकम असुल गर्न तर्फ उन्मुख भए विकासको गतिविधि तर्फ त्यति ध्यान केन्द्रित गर्न सकेनन् त्यसकारण खर्च गर्ने व्यक्ति निर्वाचित भयो भने स्थानीय तहको वित्तीय सुशासनमा आच आउछ वित्तिय शुसासन जोखिममा पर्छ विकास ओझेलमा पर्छ जनताहरु त्यस्ता जनप्रतिनिधिहरु देखि रुष्ट हुन्छन

अन्तमा यस पटकको स्थानीय तहको निर्वाचनमा राम्रा व्यक्तिलाई भोट दिने निर्णय गर्नुपर्दछ काम गर्ने नसक्ने, नै सर्वसर्वा, सर्वज्ञ हु भन्नेहरुलाई पाखा लगाई राम्रा व्यक्तिहरुलाई नेतृत्वमा ल्याउन आ-आफ्नो स्थानबाट भुमिका प्रस्तुत गर्नुपर्दछ

हामी मतदाताहरु सचेत भई सहि नेतृत्व चयन गर्ने कार्य तर्फ लाग्नुपर्दछ तबमात्र स्थानीय सरकार हामीसँग भएको अनुभुती गर्न सक्छौ जव सरकार हाम्रो लागि ,न्यायको लागि, विकासको लागि सँगसँगै छ, भन्ने अनुभुती जनतालाई हुन्छ तब परिवर्तनका खातिर कार्य गर्न लालायीत हुन्छन् जब सरकारले व्यक्ति कर्म गर्न तर्फ उत्प्रेरित नाउन सक्छ तब विकासले गति लिन्छ अनी समृद्ध स्थानीय तह नाउन सकिन्छ

यो पटकको स्थानीय तहको निर्वाचनमा राम्रो व्यक्तिलाई नेतृत्वमा पुर्याउन आफ्नो तर्फवाट भुमिका प्रदर्शन गरौँ । 

Shangri-la Development Bank Ltd.
Nepali patro