प्रहरीकी सहयोगी सुनिता रहस्यमय घरमै मृत फेला

2.4K
shares

काठमाडौं ।धरानमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

नेपाल प्रहरीको विभिन्न कार्यक्रममा सहयोगी भुमिकामा रहँदै आएकी धरानकी सुनिता केसी आफ्नै घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सञ्चारकर्मी समेत रहेकी सुनिता विभिन्न सङ्घसंस्थामा आवद्ध थिइन्।

धरान–१५ पुष्पलाल मार्गकी सुनिता घरको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

उनी नेपाल पत्रकार महासङ्घ सुनसरीकी साधारण सदस्य समेत हुन।

मृतक केसी करिब डेढ दशकदेखि धरानको विजयपुर मिडिया ग्रुप प्रालीद्वारा संचालित विजयपुर एफएमको सदस्य र समाचार विभागका कार्यरत हुँदै पछिल्लो समयमा क्लिक धरान मिडिया प्रालिका प्रबन्ध निर्देशक समेत थिइन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

civil hospital
Hams Hospitals