राप्रपाबाट पाँचपोखरी थाङ्पाल गाउँपालिकामा अध्यक्ष पदमा सापकोटाकाे उमेद्वारी

2.9K
shares

सिन्धुपाल्चोक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँचपोखरी थाङ्पाल गाउँपालिकामा अध्यक्षको उमेद्वारमा उदय सापकोटालाई सर्बसम्मत चयन गरेको छ। पार्टीको तर्फबाट सापकोटालाई एकल सिफारिस गरिएको राप्रपा क्षेत्रीय सचिव देबराज गुरुङले बताएका हुन्। 

राप्रपाले सहमति र सहकार्य हुँदा पार्टीले प्रमुखमा सापकोटा र उपप्रमुखमा भने गुनु तामाङ्गलाई सिफारिस गरेको छ । तामाङ्ग सिन्धुपाल्चोक क्षेत्र नम्बर (२) का क्षेत्रीय उपाध्यक्ष समेत हुन् ।

त्यस्तै, सबै वडामा पार्टीको तर्फबाट उठाउने उम्मेरद्वार टुङ्गो लागि सकेको र राप्रपा पाँचपोखरी चुनावको लागि तयारी अवस्थामा रहेको जानकारी दिएको छ ।

पाचँपोखरी थाङ्पाल गाउँपालीका राप्रपाको पकड क्षेत्रकाे रुपमा लिइन्छ । अघिल्लो निर्वाचनमा थोरै मतान्तरले उपविजेता हुनुभएका सापकोटा पुनः उम्मेदवारका लागी सिफारिस भएका छन् ।

यसअघि सापकाेटा २०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार टासी लामासँग पराजित भएका थिए।

civil hospital
Hams Hospitals