फागुन २८ गते शनिबारकाे राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस्

7.2K
shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने छ । प्रियसाथीसँग पनि भेटघाट होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । सवारी साधन चलाउँदा विचार पुर्याएर मात्र चलाउनु होला । खानामा सचेत रहनुपर्ने दिन छ । अनावश्यक झमेलामा परिएला। यात्राको क्रममा सावधान रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला। ठूला ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ होला, अनौठो खबर सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । आयआर्जन हुने दिन छ, यात्राको सम्भावना छ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) –आज कुनै पनि नयाँ काम नथाल्नु होला । टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको दिन छ । धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला । धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ । सोचेको काम समयमै सम्पन्न नहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –कृषि क्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जाँगर थपिने देखिन्छ । पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । तर, सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला । मनमा उदासिनता बढ्ने, काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन् । विश्वास गरेकाले धोका दिनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । मान सम्मान पनि पाउन सकिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस्।

civil hospital
Hams Hospitals