चैत्र २१ गते साेमबारकाे राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस्
वि.सं.२०७८ चैत २० आइतवार
shares
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक र फाइदा मूलक योजना बन्नेछन् ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्न नसकिएला । साँझमा खर्चसमेत बढ्ने योग छ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारीको काममा उल्झन आउनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोबार भने कमजोर रहला ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारको साथ मिल्नेन्छ । पारिवारिक जमघटको वातावरण बन्ला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मन पनि प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
तपाईंको दिन शुभ रहोस्



























