चैत्र २३ गते बुधबारकाे राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहोस्
वि.सं.२०७८ चैत २२ मंगलवार
shares
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । बिना कारण आफन्तजनबाट टाढिनुपर्नेछ । माता पिताका बारेमा चिन्ता बढ्नेछ । विश्वासपात्रले धोका दिनेछन् । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
एक्लोपनको अनुभूति हुनेछ । राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ । काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । मानहानि वा अपजशको समेत सम्भावना छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मान सम्मान पाइनेछ । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । धेरै रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । अतिरिक्त आम्दानी बढ्नेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरणको पनि योग छ । आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ। झुटा आरोप आइलाग्नेछन्। बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ । घर जग्गा जोड्ने मौका छ । विशेष अध्ययनका लागि विदेश यात्रा सम्मको योग छ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार व्यवसाय विस्तार हुनेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन् । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ। पठन पाठनमा पनि प्रगति हुनेछ । सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मान सम्मान पाइनेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । घरमा सामान्य मनमुटाव होला ।
मकर(भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । बुद्धि विवेकको उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । शक्तिमा अंकुश लाग्नेछ । सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । मान सम्मान पनि पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन् ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
स्थापित व्यवसाय, कृषि कर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । बिना कारण अनेक चुनौती सामना गर्नुपर्ला । आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ । पढाइ लेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् ।




























