कांग्रेसकाे सिन्धुपाल्चोक जिल्ला अधिवेशन फागुन २७ र २८ गते हुने

2.4K
shares

नेपाली कांग्रेस सिन्धुपाल्चोककाे १४ औं जिल्ला अधिवेशन आगामी फागुन २७ र २८ गते हुने गरि तय गरिएको छ ।

आज केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २७ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन गर्ने निर्णय गरेको हो।

मनोनयन दर्ता गरेकै दिन अन्तिम नामावली प्रकाशन गरिने तथा यसअघि सर्दै आएको जिल्ला अधिवेशन फागुन अन्तिम साता गरिने निर्णय गरिएको जिल्ला सहसचिव अनुप न्यौपाने जानकारी दिएका हुन्। 

त्यस्तै कांग्रेस सिन्धुपाल्चोकका शीर्ष नेताहरुको बैठकबाट सो निर्णय भएको बैठक निर्वाचन अधिकृत देवबहादुर महतको समन्वयमा बसेको हाे ।

बैठकमा केन्द्रीय सदस्य बस्नेत, जिल्ला सभापति बिकाश लामा, बाग्मती प्रदेश सह–महामन्त्री हरिशरण श्रेष्ठ, जिल्ला सह–सचिव अनुप न्यौपाने, इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलगायत सहभागी रहेकाे थियो ।

civil hospital
Hams Hospitals