स्थानीय तह र संघीय संसद निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : अध्यक्ष ओली

3.1K
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३० मा हुने निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै गर्दै उनले आसन्न स्थानीय तह र संघीय संसद निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका हुन् । उनले भने जनताको साथ र समर्थन रहने र यसबाट आफूहरुले राष्ट्रको अभिभारा पूरा गर्नेछु ।

नेपालको श्रमिक आन्दोलनले यस दिवसलाई श्रमिकहरूको सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रूपमा मनाउन पाएको बताए ।

‘कोभिड–१९ महामारीका बेला सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको आयमा कमी नआओस् भनेर प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिने व्यवस्था गरेकाे उनले दाबी गरे । उनले भने, ‘यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षा गर्न सहयोग गर्यो ।

#नेकपा एमाले

civil hospital
Hams Hospitals