नेपाली राष्ट्रिय टोलीको हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले बेर्होने
वि.सं.२०७८ जेठ ७ शुक्रवार
shares
कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रस्थान गर्ने नेपाली राष्ट्रिय टोलीको हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले बेर्होने भएको छ ।
विश्व कप तथा एसिया कप छनोटका बाँकी ३ खेल घरेलु मैदानमा खेल्नु पर्ने भएपनि कोरोनाका कारण अन्यत्रै सारेपछि त्यसले चर्को आर्थिक भार पर्न जाने विषयमा एसियली फुटबल महासंघ (एएफसी) र फिफामा पत्रचार गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।
‘यस विषयमा एएफसी र फिफामा सहयोगका लागि आग्रह गरेका थियौं । हाम्रो मर्का फिफाले बुझ्यो । फिफाले हवाई खर्च र टोलीको पिसिआर परिक्षणको खर्च बेर्होन तयार रहेको पत्र प्राप्त भएको छ । यसले एन्फालाई आर्थिक भार कम भयो,’ अध्यक्ष शेर्पाले जानकारी दिए ।
‘३ वटा एयरलाइन्सको कोटेसन फिफालाई पठाएका थियौं । त्यसमा कतार एयववेजको कोटेसनमा स्वीकृत भयो । नेपाली टोलीलेको कतार एयरवेजबाट ९० हजार अमेरिकी डलरमा दुईतर्फी हवाई यात्रा गर्नेछ । मंगलबार इराक जाने नेपाली टोली त्यहाँ मैत्रीपूर्ण खेल खेलेपछि विश्वकप छनोटका कुवेत पुगेर स्वदेश फर्कनेछ।
नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल अहिले अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। अंक तालिको पुछारमा रहेको ताइपेइले अंक जोड्न सकेको छैन ।
अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ । अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर रहनेछ । विश्वकपमा छनोट हुने नेपालको सम्भावना भने गणितीय रुपमा मात्र बाँकी छ ।
राष्ट्रिय टोलीको २३ सदस्यीय अन्तिम टोली :
गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार
डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा






























