संवैधानिक राजसंस्था नै अबको गन्तव्य
वि.सं.२०७८ साउन ५ मंगलवार
shares
दर्शनशास्त्रको हिसावमा योगवाशिष्ट लाई हाल सम्मकै पाको सिद्धान्त मानिन्छ । प्राचिन ग्रन्थ योगवाशिष्टका निर्वाण प्रकरणको पूर्वाद्व खण्डमा वैवस्वत मनु र तत्कालीन संवाद लाई योगवासिष्ठ मा मनु – इक्ष्वाकु संवाद नामले परिचित छ।
प्रशंग अनुसार राज्य प्रति उत्तरदायी नहुने ‘ जनभावना लाई कदर नगर्ने प्रवृतीको पतन भएको देखाइएको छ, भने अर्को तर्फ समाज सेवामै आफ्नो समय खर्च गर्ने तर कुनै स्वार्थ नराखी कर्तव्य वोध मात्रै समझी काम गर्ने तर कर्ता नवन्ने प्रवृतिको प्रसंशा गरिएको छ । आफु अकर्ता वनी देस र जनता लाई अनुकुल हुने काम गरी अहोरात्र खटी जनताका सेवक बनेका तत्कालीन राजा इक्ष्वाकुको शासन शैली को दृष्टान्त दिइएको छ ।
आधुनिक नेपालको इतिहास हेर्ने हो, भने देश र जनताको निम्ति भनि विभिन्न कालखण्डमा विभिन्न राजनीतिक परिवर्तनहरु भए तर भएका परिवर्तनहरुले नत जन आकांक्षा पुरा गर्याे न त राष्ट्रिय स्वाभिमान लाई मजवुत बनायो ? वरु राजा महेन्दको अग्रसरमा भएको २०१७ सालको परिवर्तनले देशमा औद्योगिकीकरणको शुरुवात ‘ राष्ट्रिय स्वाभिमानमा सुधार, वैदेशिक परनिर्मातामा न्युनीकरण विकास मा अग्रगामी छलाङ भएकै हो। तर नेपालको पछिल्लो परिवर्तन २०६३ ले नत आम नेपाली हरुको जन चाहाना पुरा गर्यो न त राष्ट्रिय स्वाभिमान नै मजवुत बनायो ? वरु घरेलु राजनीतीमा वैदेशिक हस्तक्षेप भित्रिन् पुग्यो। जसको ज्वलन्त उदाहरण हालै मात्र सर्वोच्च अदालतको फैसला वाट निकालिएका प्रधान मन्त्री केपी शर्मा ओलीले प्रोटोकलको ख्यालै नगरी विगतम विदेशी जासुसी संस्था ( रअ ) प्रमुखसँग मध्यरातमा वालुवाटार मा भएको भेटलाई नै लिन सकिन्छ ।
यति मात्र होइन विगतमा भारतीय भुमीमा भएको तत्कालीन सात दल र माओवादी वीच भएको भनिएको १२ बुंदे सहमतिमा हुदैँ नभएको बुँदा गणतन्त्र र धर्म निरपेक्षता प्रणाली जनमत संग्रह विना केवल पश्चीमा शक्तिको इशारामा क्रिश्चियन मिशनरी प्लान अनुसार नै प्रतिस्थापन गरी सदियौ देखी चली आएको धार्मिक एकता माथि प्रहार मात्रै गरिएन वैदेशिक सहयोगको नाम मा राष्ट्रियता माथि नै गम्भीर आंच आउने शर्तहरु स्वीकार्न खोज्नुले वर्तमान राजनीतिमा राष्टियता माथी को नाङ्गो नाचलाई उदांगो रुपमा देखाउन खोजेको देखिन्छ ।
राजा ज्ञानेन्द्र को प्रत्यक्ष शासन कालमा देश हार्ने गरी असन्तुलित वैदेशिक सन्धी सम्झौता हरु भएको देखिएन् भने अप्राकृतिक तवरवाट नागरिकता वितरण मा समेत कडाई हुनुको साथै एनजीओको आवरणमा पश्चीमा शक्तिबाट समाजमा गम्भीर राजनीतिक तथा सामाजिक विचलन ल्याउने प्रवृती लाई निस्तेज पार्न खोजिएकाले राजा ज्ञानेन्द्र चारैतिरबाट घेरावन्दीमा परे तर पनि उनी देश हार्ने गरी विदेशी शक्तिसँग झुकेको देखिएन्।
यतिवेला नेपालमा दलगत स्वार्थ होइन राष्ट्रिय स्वार्थ लाई केन्द्र विन्दुमा राखी योगवासिष्ठ कै ऐतिहासिक पात्र राजा इक्ष्वाकु कै पथ प्रदर्शक अवलम्बन गरी इक्ष्वाकु वाद सिद्धान्त अपनाउनु नै एक मात्र विकल्प देखिन्छ ।
नेपाल जस्तो सानो मुलुकमा संघियता जस्तो महंगो शासन प्रणाली होइन अव त सवैलाई मान्य हुने २०४७ सालको संविधानलाई आधार स्तम्भ बनाएर संवैधानिक राजसंस्था को मोडलमा हिडनु नै वर्तमान राजनीतिको एक मात्र गन्तव्य प्रस्ट देखिन्छ।




























