कांग्रेसकाे वामपन्थ दौडाई कहिले सम्म ?

2.6K
shares

नेपालमा राणा शासनको उत्तराध समयमा मुलुकमा प्रजातन्त्रको वहाली हुनुपर्ने ‘श्री ३ बाट खोसिएको राजसंस्थाको अधिकार श्री ५ मा निहित हुनुपर्ने आदि उदेश्य लिएर तत्कालिन समयमा भारतीय भुमिमा कलकत्तामा नेपाल राष्ट्रिय कांग्रेसको र नेपाल प्रजातन्त्र कांग्रेस एक आपसमा विलय भई एउटै दल नेपाली कांग्रेसको रूपमा जन्म भएको थियो।

पार्टी मर्ज भएको केही महिना पश्चात नेपालको सीमा नजिकै विहारको वैरगनीयामा नेपाली कांग्रेसको सम्मेलनले नेपालमा तत्कालीन राज्य व्यवस्थाका विरुद्ध शसस्त्र आन्दोलन गर्ने निर्णय गर्यो। र राजा त्रिमु वनको सहयोगमा २००७ सालको आन्दोलन सफल पनि भयो ।

प्रजातन्त्रको वहाली गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको कारणले नै २०१५ सालमा भएको संसदिय निर्वाचनमा कांग्रेसले दुई तिहाई मत प्राप्त गरेको थियो। तर दुई तिहाइको सरकारले जन अपेक्षा अनुकुल काम गर्न भने सकेन्, पार्टीको तर्फबाट कार्यकर्ता लाई प्रशिक्षण नदिई एक्लै कांग्रेसकै कार्यकर्ताबाट लुटपाट आंतक मच्चाइ यो तत्कालीन समयमा नुवाकोटमा भएको लुटपाट आंतक अहिलेपनि ताजै मानिन्छ।

यतिमात्र होइन्, त्यतिबेलाकाे दुई तिहाईको सरकारले आस्थाको प्रतीक मानिएको सनातन धर्म संस्कृति प्रतिपनि खेलवाड गरेको देखिन्छ । जसको ज्वलन्त उदाहरण दिनुपर्दा योगी नरहरीनाथको नेतृत्वमा रहेको कर्मवीर महामण्डल नामक संस्थालाई प्रतिवन्ध समेत लगाइएको रहेछ, उक्त कुरा योगीजी सँगकाे संवादका क्रममा २०५८ सालमा मलाई जानकारी गराउनु भएको थियो।

यतिमात्र होइन् वी पी कोइरालाले तत्कालीन समयमा एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा पशुपतीनाथलाई म्युजीयममा राख्नु पर्छ, भन्ने अभिव्यक्ति दिएको समेत पाइन्छ । तर २०३३ सालमा सिक्किम विलय पश्चात भने वी पी कोइराला मा राष्ट्रिय भावना उजागर भएको पाइन्छ।

राजाको गर्धन तल मेरो गर्धन माथि भन्ने सन्देश लिएर सबै राजनीतिक शक्तिसँग मेलमिलापकाे नीति अख्तियरी गरी तीन खम्बे सिद्धान्त संवैधानिक राजसंस्था बहुदलीय प्रजातन्त्र र प्रजातान्त्रिक समाजवादलाई कार्यान्वयन गराउन खोज्दा वहाँलाई दक्षीणमा आएको सुरक्षा थ्रेटका कारण राजा वीरेन्द्र सुदरीजलमा सुविधा सम्पन्न स्थानमा राखी सुरक्षा दिएका थिए।

तत्कालीन राजा विरेन्द्रमा राजनेताको समंक्षण हुनुपर्छ, भन्ने मान्यता भएको पाइन्छ । २०६३ साल को राजनीतिक परिवर्तन पछि भने नेपाली काांग्रेसले राष्ट्रिय भुमिका निर्वाह गर्न नसकेको मात्रै होइन वामपन्थमा लम्पसार परेको विभिन्न घटना क्रमले देखाउँछ, जुन भावना विपरीतका पश्चीमा शक्तिकाे इसारामा स्थापित गराईएका गणतन्त्र र म्यागनाकार्टाको नाममा चोर बाटो मार्फत भित्रयाईएका धर्म निरपेक्षता प्रणालीकाे कांग्रेसले स्वामित्व लिएकाले कांग्रेसलाई आजपनि जनताले विश्वास गर्न सकिरहेका छैनन्, भने आफ्नै कार्यकर्ताहरु पनि नेतृत्वसँग झस्केको अवस्था छ ।

विगतमा प्रचण्डको समिकरणबाट चितवन जस्तो कांग्रेसकाे संगठन भएको ठाउँमा कमजोर संगठन भएको माओवादी की रेणु दाहाल लाई कांग्रेसद्वारा मेयर बनाउनु कांग्रेसकाे अबकाे विगतमा वीपीले अख्तियार गर्नु भएको तीन खम्बे सिद्वान्त परित्याग गरी वामपन्थमा लम्केको देखिन्छ ।

माओवादीसँगकाे सहकार्यमा प्रधानमन्त्री बनेका शेर वहादुर देउवाबाट देश र जनताले के अपेक्षा गर्ने ?

दुई तिहाई नजिककाे ओली सरकार ढलेको विषम परिस्थितिमा दलगत स्वार्थ भन्दा बहिर रहेर नेका सभापति शेर वहाहुर देउवाले भुमिका निर्वाह गरी कांग्रेसको पुरानो शाख जोगाउनु पर्दथ्यो । कसैको समर्थनबाट प्रधानमन्त्री बन्नु भन्दा आजको तरल राजनीतिक अवस्थामा वृहत गोलमेच सम्मेलन गरी विप्लव देखि राज्य एकिकरण गरेको राजसंस्थालाई भुमिका दिनुपर्ने वातावरण सिर्जना गर्नु नै देउवाका लागि उचित अवसर थियो।

कांग्रेस जस्तो जनाधार भएको पार्टीले माओवादीकाे समर्थनबाट प्रधानमन्त्रीको पदमा लम्पसार परी वामपन्थमा दौडिन भन्दा तत्काल संसद विघटन गरी सबै खाले राजनीतिक शक्ति अटाउने २०४७ सालको सविधानमा टेकेर मिलन विदुमा पुग्नु नै अबकाे राजनीतिक गन्तव्य मानिन्छ ।

अन्तमा कांग्रेस आज चौधौ महाधिवेशनकाे पुर्व सन्ध्यामा छ । विगतमा पार्टी संगठनमा अहोरात्र खटिएका कैयौ नेता तथा कार्यकर्ताहरु पार्टीको कार्यकारी तहमा पुग्न सकिरहेको छैनन्, भने कांग्रेसको आवरणमा देखिएका स्वार्थी समुह भने कांग्रेसकै अघिल्लो बेन्चमा देखिनु विडम्बना नै मानिन्छ ।

गाई सतासिन हुदाँ गाईलाई फुलमाला लिएर परिक्रम गर्ने भैसी सतामा जाँदा भैसी पुजा गर्ने सुगुर सतामा हुदाँ सुगुरकै खोरमा गएर दाना खाने प्रवृत्ती आज पनि कांग्रेसमा देखिएको छ । जसको ज्वलन्त उदाहरण दिनुपर्दा २०४६ को जन आदोलनमा मेरो घरमा सेल्टर लिनु भएका कांग्रेसका नेताहरु सुर्य भक्त अधिकारी, हेमराज, तिलक सापकोटा पुष्पराज पौडेल लगायतलाई अन्तर्राष्ट्रिय तत्वमा दर्जा गराउने प्रतिकार समितिका नाइके तथा कुनै वेला कांगसको आवरणमा मेरो घरमा लम्पसार पर्ने लुच्चो लफुङ्गो तथा मापदण्ड विपरीत प्राकृतिक सम्पदाको दोहन गर्ने प्रवृत्ती लई लिन सकिन्छ।

यस्ता खाले प्रवृतिलाई निरुत्साहित पार्न पार्टीको स्थानीय तह देखि केन्द्रीय तहसम्म भोजेन्द्र (राम वहादुर) रायमाझी, अमृत भट्टचन मदनभक्त अधिकारी,हेमराज कोइराला, गजेन्द्र आले जस्ता निष्ठावान व्यक्तित्वान नेतृत्वमा पुग्नु नै एक मात्र विकल्प देखिन्छ।

आचार्य अबको गन्तव्य नामक उपन्यास का लेखक हुनुहुन्छ ।

civil hospital
Hams Hospitals