कांगेसको राजनीतिक मार्गचित्र नै संवैधानिक राजसंस्था

वाल्मीकि रामायणको युद्धकाण्ड प्रकरणमा अप्राकृतिक तवरवाट गैर न्यायीक तरिकाले मायावी गतिविधी अर्थात हुदै नभएको कुरापनी हो। जस्तो हुने एक किसिमको तमोगुण तथा आसुरी सिद्धी को वलमा युद्ध लडेको इन्द्रजीतको अन्तत : सत्यताको प्रतिक मानिएका पात्र लक्ष्मणद्वारा पतन भएको कुरा वाल्मीकी रामायणमा यसरी व्याख्या गरिएको छ ।

गगनस्थानी भू तानी लक्ष्मण पर्यवारयन ……

नेपालको वर्तमान राजनीतिक गतिविधी हेर्दा पनि २०७४ को निर्वाचन पछि बनेको सरकारले आम मानिसमा घनीभूत आशा जागृत गरायो। तर परीणाम दिन सकेन् भान्छामा ग्यासको पाइप उपलब्ध गराउने काठमाण्डौं लाई रेलमार्ग जोडने पानी जहाज सञ्चालन गर्ने आइएन जीओ तथा एन जीओका गतिविधि निगरानी राख्ने जनताको जनजीवन सहज तुल्याउने तर २०७४ मा वाम एकताबाट बनेको सरकारले जनतालाई डेलिभरी दिन सकेन् वरु यदुवंशी कै शैलीमा दुई तिहाई नजिकको सरकार पनी अस्तीत्वमा रहेन् ।

कुनै वेला सिंगो राजीतिको गती नेपाली कांग्रेसकै वरीपरी घुमिरहेको हुन्थ्यो २०६३ को परिवर्तनपछि जव कांग्रेसले आफ्नो मौलिक सिद्धान्त ( राष्टियता प्रजातन्त्र र समाजवाद ) त्यागेर १ २ बुँदेकाे इसारामा वोकाइएको संघीय गणतन्त्र जस्तो महंगो शासन प्रणाली अंगीकार गरेको कांग्रेसका संस्थापक नेता वि पी कोइरालाले अंगीकार गर्नु भएको तीन खम्बे सिद्धान् सवैधानिक राजसंस्था बहुदलीय प्रजातन्त्र र हिन्दु अधिराज्यको धारणा लाई अवलम्बन गर्न नसकेकाले कांग्रेस आज नेपली कांग्रेस होइन वामपन्थ काग्रेस बनेको छ ।

ओली सरकार ढले पश्चात कांग्रेसले आफ्नै पार्टीको अगुवाइमा सवै पक्षलाई समेटने गरी वृहत राष्ट्रिय एकता कायम गर्नु पर्दथ्यो । तर वामपन्थी समिकरण बाट बनेकाे सरकार देश र जनता लाई मात्र होइन कांग्रेस लाई नै प्रत्युत्पादक हुने कुरा घाम जस्तै छर्लङ छ । विगतमा पश्चीमा क्रिश्चियन मेशीनरी प्रोजेक्टको दवावमा सोनीया संस्थापन द्वारा जर्वजस्ती बोकाइएको १२ वुदे सहमति आज एम्बुसमा परेको अवस्था रहेकाले १२ बुँदेले देशलाई निकास दिन सकेन् यो त केवल राष्ट्रियताको मामलामा सौदावाजी नगर्ने नेपालको राजसंस्थालाई कमजोर तुल्याउन म्याग्नाकार्टाको नामम आएको मुकुण्डो मात्र थियो ।

हालै मात्र भारतका रुलिङ्ग पार्टी भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपल भ्रमण पनि कुनै न कुनै रुपमा राजीतिक कोर्ष करेक्सन हुने नै देखिन्छ, भने पूर्ववर्ती ओली सरकारले मन्त्री परिषद निर्णयबाट संघीय लोकतात्रिक गणतन्त्र नेपाललाई अधिल्ला विशेषणहरु हटाएर नेपाल मात्र कायम राख्नु हालै नेपाली सेनाको संघीय संरचना विघटन गरी कोशी कमाण्ड गण्डकी कमाण्ड कर्णाली कमाण्ड र उपत्यका कमान्ड मा देखिनुले अब नेपालमा संघीय प्रणाली अस्तित्वमा नरहने निश्चीत देखिन्छ ।

आजको विषम परिस्थीति प्रधानमन्त्री शेर बहादुर देउवाले वाल्मीकी रामायणको पात्र इन्द्रजीतको मायावी गतिविधी जस्तो सत्ता समिकरण खेर फाल्नु भन्दा २०६३/१ / ११ गते तत्कालीन सात दल र राजसंस्था विच भएको जेन्टलमेन्ट एग्रीमेन्टको मिलन विन्दु २०४७ सालको सविधानमा  टेकेर मार्ग प्रशस्त गर्नु नै सक्कली विपीवाद मानिन्छ।

आचार्य हालै प्रकासित उपन्यास ‘अवको गन्तव्यका’ लेखक हुनुहुन्छ।

Shangri-la Development Bank Ltd.
Nepali patro