इजलास नबस्दा सेवाग्राहीको प्रश्न : न्यायाधीशले बन्द गरेको हो कि वकिलले ?

1.3K
shares

सर्वोच्च अदालतमा मंगलबारका लागि तोकिएका इजलास बस्न नसक्दा सेवाग्राही अलमलमा परे। विभिन्न इजलासमा परेका मुद्दाका पक्ष–विपक्षहरू पुग्दा के भइरहेको छ भन्ने मेसै पाएनन्। मंगलबारका लागि मुद्दाको पेसी तोकिएकाले बराह नगरपालिका सुनसरीबाट आएका माया भुजेललगायत चारजना दिनभर सर्वोच्चमै अल्मलिए।

६७ वर्षीया भुजेल ‘आगो लगाई ज्यान मार्ने उद्योग’ मुद्दामा पेसीको खबर पुगेपछि सोमबार बेलुकी काठमाडौं आएकी थिइन्। न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा मुद्दा परेको थियो। ‘पाँच नम्बर इजलासमा मुद्दा परेको थियो। हामी इजलासमा गयौं। बेन्च बस्ने/नबस्ने जानकारी गराएनन्। अल्मलाएर राखे’, अदालत परिसरमा रहेकी भुजेलले नागरिकसँग भनिन्।

डाइबिटिजकी बिरामी भुजेलले औषधिको पोको देखाउँदै भनिन्, ‘न्यायाधीशले बन्द गरेको हो कि वकिलले ?’ समयमै आफूहरूलाई जानकारी दिएको भए अर्को दिनको पेसी लिएर घर जान सजिलो हुने उनले बताइन्। आफूहरू मुद्दाकै लागि टाढाबाट आएको, कोरोना संक्रमण डरको बेला होटलमा बस्नुपर्ने दुखेसो उनले सुनाइन्। आजको नागरिक दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals