प्रथम थाँक्रे गाउँपालिका सम्मेलन महादेववेशीमा सम्पन्न  

2.6K
shares

धादिङ्ग । प्रथम थाँक्रे गाउँपलिका सम्मेलन महादेव वेशीमा सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा वाइसिएल नेपाल इन्चार्ज तथा नेकपा (माओवादी केन्द्र ) का केन्द्रिय सदस्य क रामप्रसाद सापकोटा (दिपशिखा) काे उपस्थिति रहेकाे थियो ।

कार्यक्रम नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति तथा थाँक्रे गाउँपालिका अध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगि) काे अध्यक्षतामा सम्पन्न भएको हाे । थापा (जिन्दगि) काे अध्यक्षतामा उपाध्यक्ष गोपाल तामाङ (भुमि) , रामकृष्ण आचार्य तथा विकास विक , सचिव राजकुमार गुरुङ , सहसचिवमा अशोक अधिकारी कोषअध्यक्षमा सावित्री सुवेदी र ५५ सदस्यीय गाउँपालिका कमिटी गठन समेत भएको छ ।

त्यसैगरी जिल्ला सचिवालय सदस्य वाइसिएल नेपालका केन्द्रिय सदस्य तथा धादिङ्ग जिल्ला इन्चार्ज क मिलन सिलवालकाे उपस्थिति रहेकाे थियो ।

त्यस्तै अतिथिमा नेकपा ( माओवादी केन्द्र ) धादिङ्ग जिल्ला समन्वय समिति सदस्य तथा थाँक्रेको इन्चार्ज क. बाशुदेब बास्कोटा , बाग्मति प्रदेश स्कुलिङ बिभाग सदस्य क भरत कोइराला , नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा केन्द्रिय सल्लाहकार विकास वि.क , धादिङ्ग- काठमाडौ सम्पर्क मन्च सह इन्चार्ज रामचन्द्र रिजाल, तथा कार्यकर्ताको बाग्लाे उपस्थितिमा बिच सम्पन्न भएकाे हाे ।

त्यस्तै देशभरि ७५३ ओटा स्थानिय तह गाउँ कमिटि आज गठन हुँदैछ । कार्यक्रम विभिन्न सांस्कृतिक प्रस्तुति नाचगान सहित बजार र्याली गरि सम्पन्न भएकाे हाे । कार्यक्रममा गायिका बिन्दु परियार , गायक शक्ति चन्दले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रमले १० बर्से जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान समेत गरेकाे छ ।

त्यस्तै भव्य तथा कार्यकर्ताको बाग्लाे उपस्थितिमा बिच सम्पन्न कार्यक्रममा ६५ जना एमाले र राप्रपालाई परित्याग गरि माओवादी प्रवेश गरेका छन् ।

 

 

 

 

civil hospital
Hams Hospitals