कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी

काठमाडौं । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन्स प्रालि र Futurex Trade Fair and Events ले विगतका वर्षहरु झैं यसवर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी 4th Nepal Agritech International Expo 2022 यहि फागुन १३, १४ र १५ गते गर्ने भएको छ ।

यस कार्यक्रम बागमती प्रदेश अन्तर्गत चितवनको चितवन प्रदर्शनी केन्द्र, भरतपुर (Chitwan Expo Center) मा आयोजना हुने भएको हो ।

आयोजना हुन गइरहेको प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् । उक्त प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, र बिषादी रहित कृषिका बारेमा तालिम एवं गोष्ठी समेत संचालन हुने कुरा कम्पनीका प्रबन्ध निर्देशक भट्टराई बताउँछन् । उक्त प्रर्दशनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा बिश्वास लिइएको छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको बिश्वास छ ।

उक्त प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro