यस कारण अरु भन्दा फरक जनप्रतिनिधि बन्न चाहान्छिन टोखा नगरपालिकामा रजनी

काठमाडौं।आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीयतहको निर्वाचन को लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारको विभिन्न कोण बाट चर्चाहरु भइरहेका छन् ।कतै बागी उम्मेदवारका चर्चा छन् भने कतै राजनीतिक भन्दा फरक पृष्ठभूमि बाट उम्मेदवार बनेका व्यक्तिहरुको चर्चा छन् ।विषेश गरि यतिबेला चितवनमा सत्तारूढ गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल,काठमाडौमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाह,काठमाडौमा एमाले बाट उपमेयर उम्मेदवार बनेकी सुनिता ढंगोल,टोखा नगरपालिकामा काँग्रेसको तर्फबाट उम्मेदवार बनेकी रजनी थापा आदिको चर्चा व्यापक छ ।

चर्चामा आएका पक्ष विपक्षमा सामाजिक सञ्जाल देखि टोल बस्ती सम्म बहसहरु छन् ।जनप्रतिनिधि बन्न चर्चामा आएका युवा पुस्ताहरु मध्ये काठमाडौ टोखा नगरपालिका काँग्रेसको तर्फबाट मेयर उम्मेदवार बनेकी रजनी थापा सामाजिक र राजनीतिक रुपमा अनुभव प्राप्त व्यक्ति हुन ।बालेनहरु एकासी चुनावी राजनीतिमा होमिदै छन भने रजनी विगत देखि राजनीति र समाजसेवामा होमिदै आएकी छिन् ।

 

अघिल्लो स्थानीयतहको निर्वाचनमा ५१ मतले टोखा नगरपालिकामा उपमेयरमा पराजित बनेकि रजनी राजनीतिलाई समाजसेवाको रुपमा लिदै नागरिकको हितमा काम गर्न भूमिका खोजिरहेकी एउटा सशक्त नारी हुन ।मैले समाजसेवा त मेरो कोण बाट हिजो पनि भोली पनि गर्छु तर जनप्रतिनिधिकै रुपमा सेवा गर्न म मेयरको भूमिका खोज्दै छु रजनी भन्छिन् ।रजनी थापा टोखामा मात्रै परिचित नाम होइन,उनको देशभर नेटवर्क र सम्बन्ध भएकै कारण टोखाका बौद्विक तथा प्राज्ञिक व्यक्तिहरुले उनलाई मेयरमा उठ्न प्रेरणा दिएका थिए । परिपक्व र युवा जोश भएकोले रजनी टोखामा अन्य पार्टीका शुभचिन्तकहरुको रोजाइमा समेत छिन ।

 

राजनीतिलाई विशुद्ध समाजसेवाको रूपमा लिएकी थापा देशभर यसपटक उम्मेदवार दिएका मेयर मध्ये कान्छी हुन उम्मेदवार हुन ।अत्यन्तै दयालु स्वभाव ,सहयोगी मनकी धनी थापा टोखामा नागरिकका दुखमा सधैं सँगै हुने गर्छिन् ।टोखाको समृद्धि र विकासका लागि उनको विस्तृत योजना र धारणा त छदै छ तर अरुको भन्दा फरक उनको प्रतिबद्धता राज्यको कुनै पनि सेवा सुविधा नलिने र राजनीतिलाई विशुद्ध समाजसेवाको रुपमा लिएर सोहि शैलीका काम गर्ने उनको तयारी छ । विगतका जनप्रतिनिधिले खेप्दै आएको आलोचनालाई कमजोर पार्न थापाले यदि मेयर विजय भए भ्रष्टाचारीलाई कारबाही गरि टोखालाई नमुना नगरपालिकाको रुपमा विकास गर्ने योजना छ ।

 

टोखामा अपुग र अधुरा विकास निर्माणका कामलाई निरन्तरता ,सुन्दर र सफा टोखा ,भ्रष्टाचार मुक्त टोखा,शिक्षा ,स्वास्थ्यमा निम्न वर्गका मानिसको पहुँच पुर्‍याउने लक्ष्य छ थापाले भनिन् ।अहिले धेरै भनेपछि चुनाव जित्न भनेको आरोप लाग्छ ,मैले काम गरेर देखाउने हो थापाले भनिन् ।थापा सँगै टोखामा १४ जनाले मेयरमा उम्मेदवारी दिएका छन् ।रजनीको मुख्य प्रतिष्पर्धा एमाले बाट उम्मेदवार बनेका प्रकाश अधिकारी सँग हुनेछ ।अधिकारी निवर्तमान मेयर समेत हुन ।

 

देशभर सत्तारूढदलहरु बिच गठबन्धन भएपनि टोखामा भने दलहरु बिच एक्लाएक्लै चुनावी प्रतिष्पर्धा हुनेछ ।विगतको जस्तो एमाले बलियो नभएको अवस्था र रजनीको स्वच्छ व्यक्तित्व भएको कारण रजनीले विजय प्राप्त गर्ने टोखाका काँग्रेसजनहरुको अपेक्षा रहेको छ ।हिजोआज रजनीको व्यस्तता निकै बढेको छ,दिनहुँ मत माग्न मतदाताको घरमा पुग्ने गरेकी रजनीलाई शुभचिन्तकले साथ समर्थनको साथसाथै अग्रिम सफलताको शुभकामना दिइरहेका छन् । दर्जन बढि सामाजिक संघसंस्थामा आबद्ध रजनीले कोरोना भाइरस महामारीको समय तथा अन्य संकटकालिन अवस्थामा राहत तथा सहयोगका थुप्रै सेवाहरु गर्दै आएकि छिन ।यसपटक रजनी सँग टोखामा काँग्रेसले उपमेयरमा रोहित तामाङलाई उम्मेदवार बनाएको छ।

पि।सी।एल नर्सिङ ,स्नातक मानविकी ,एल।एल वी,राजनीतिक शास्त्रमा स्नातकोत्तर ,जनप्रशासनमा स्नातकोत्तर , गृह विज्ञान ,बाल विकास तथा लैंगिक समावेशीकरण , मा स्नातकोत्तर रजनीले अध्ययन गरेकि छिन् । यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध कुटनितिमा थापाले विद्यावारिधि गर्दै छिन ।

Shangri-la Development Bank Ltd.
Nepali patro