स्थानीय तह निर्वाचनमा एमाले सवैभन्दा बढी ,३५३ उम्मेदवार निर्बिरोध निर्वाचित (सूचीसहित)

काठमाडौं। स्थानीय तह निर्वाचनमा निर्बिरोध निर्वाचित हुनेमा नेकपा एमाले सवैभन्दा पहिलो दल बनेको छ । निर्वाचनमा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित हुँदा एमाले पहिलो बनेको हो । निर्वाचन आयोगका अनुसार एमाले एक पालिका अध्यक्ष, दुई उपाध्यक्ष र १४ वडाध्यक्षसहित १ सय २३ जना उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन ।

निर्वाचन आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म ३५३ उम्मेदवार निर्विरोध निर्वाचित भएका र यो सङ्ख्या अझै बढ्ने बताउनु भयो ।

स्थानीय निर्वाचन २०७४ मा ४१२ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । सहायक प्रवक्ता अर्यालले निर्विरोध निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मतगणनापछि निर्वाचित उम्मेदवारसँगै हस्तान्तरण गरिने जानकारी दिनुभयो । निर्विरोध निर्वाचित हुनेमा गठबन्धनतर्फका १९० जना छन् ।

गठबन्धनतर्फ नेपाली काँग्रेसबाट १०१, नेकपा माओवादी केन्द्रका ५४, नेकपा एकीकृत समाजवादीका ३४ तथा जनता समाजवादी पार्टी नेपालका एक उम्मेदवार रहेका छन ।

Shangri-la Development Bank Ltd.
Nepali patro