नाडा अटो शो २०२२को स्टल बुकिङमा उल्लेखनीय सहभागिता

17.9K
shares
Nabil bank

काठमाडौँ । ‘नाडा अटो शो २०२२’को गत हप्ता खुल्ला गरिएको स्टल बुकिङका लागि रजिष्ट्रेशनमा उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले भदौ ७ देखि १२ गतेसम्म हुने ‘नाडा अटो शो’को लागि गत हप्ता स्टल बुकिङका लागि रजिष्ट्रेशन खुला गरेको थियो ।

 

चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागि कम्पनीहरुको दर्ता भई सकेको थियो ।

 

Nada news1.JPG

 

बिहिबार असार २ गते गरिएको गोलाप्रथा अन्तर्गत सबै कम्पनीहरूको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लेबल एक्स्पोजिशनका प्रतिनिधि, नाडा कार्य समिति पदाधिकारी सदस्य एवं नाडा अटो शो कमिटीका सदस्यहरूको उपस्थितिमा सहभागी कम्पनीहरूलाई स्टलको छनोट एवं बाँडफाँड गरिएको नाडाले जनाएको छ ।

 

विगतका संस्करणहरूभन्दा पृथक यस वर्ष कमर्शियल भेहिकलहरूको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुई पाङ्ग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको छ ।

 

कोभिड महामारीका कारण दुई वर्षपछि आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अटो व्यासायीहरूको भव्य सहभागिताले आयोजक नाडा प्रोत्साहित हुनुका साथै सुस्ताई रहेको अटो व्यवसाय चलायमान हुनेमा पनि विश्वस्त रहेको आयोजकले जनाएको छ ।

 

Nada1.JPG

 

नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालले अटो व्यवसायीहरूको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरूको प्रक्षेपणका लागिसमेत नाडा अटो शो अपरिहार्य रहेको बताए ।

 

अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ््याक्चरिङ कम्पनीहरूका विज्ञ एवं जानकारहरूसँगको छलफल तथा अन्तक्रिया समेटिएको संगोष्ठी यस वर्षको विशेष आकर्षण हुने उनको भनाई छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x