नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा असई र जवान पदका लागि भर्ना (सूचनासहित)

29.6K
shares
Nabil bank

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेको सूचना प्रकाशित गरेको छ। प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा गरेर दुई हजार नौ १७ जना कर्मचारी माग गरेको हो।

आइतवार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर्मचारी माग गरेको हो। प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशन गर्दै ४४३ जना असई र २ हजार ४७४ जना प्रहरी जवानका लागि विज्ञापन खोलेको जानकारी दिएकाे हो ।

उक्त विज्ञापन गत साल नै प्रकाशित भए पनि रोकिएको थियो । गत २०७८ असोज २२ गते प्रकाशित विज्ञापनमा ३६७ जना असई माग गरिएको थियो । त्यसमै ७६ जना थप गरी हाल कुल ४४३ जना असई माग गरेको उक्त सूचनामा जनाइएको छ ।

यसैगरी गत २०७८ मंसिर १० गतेको विज्ञापनमा १ हजार ९७१ जना प्रहरी जवान माग गरिएकोमा त्यसयता रिक्त हुन पुगेका ५०३ जना थप गरी कुल २ हजार ४७४ जना प्रहरी जवान माग गरिएको छ ।

यद्यपि उक्त थप गरिएकाे संख्याका लागि पुनः नयाँ उम्मेदवारहरूले आवेदन दिन पाउने हाे या हाेइन भन्नेबारे केही खुलाइएकाे छैन ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x