६ महिनापछि इजरायलमा कामदार पठाउन सुरु, आइतबार उडे ८० जना

काठमाण्डौँ । इजरायलमा कामदार पठाउने प्रक्रिया पुनः सुरु भएको छ । नेपाल र इजरायलबीच सरकारीस्तरमा श्रम सम्झ्यौता भई १२ सय जना छनोट भएका थिए । तीमध्ये २ सय नब्बे जना गत जनवरीमा इजरायल गएका थिए भने जान बाँकी ९ सय १० जना बिभिन्न कारणले जानबाट रोकिएका थिए । ६ महिना अघि नै जानु पर्ने कामदारहरु आइतबारबाट जान सुरु गरेका छन् ।

 

वैदेशिक रोजगार विभागका श्रीकान्त शाहले आइतबार ८० जनालाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगेर विदाई गरेका थिए । त्यस्तै सोमबार ९० जना जाने बताउँदै तत्काल ७०० जना उडानको तयारीमा रहेको शाहले बताए । बाँकी पनि चाँडै इजरायल जाने विभागका निर्देशक शाहले दैनिक अनलाइनलाई बताए । शाहले सरकारले पठाएको हुनाले कुनै समस्या नहुने भन्दै आवश्यक कुराहरुको बारेमा विमानस्थलमै जानकारी गराएका थिए । पारिश्रमिक बढाइनुपर्ने, इजरायलका नागरिक सरह सेवा सु्विधा पाउनुपर्ने लगायतका मागर राखेर त्यहाँ आन्दोलन भएको थियो । त्यसपछि जाने अनुमति पाएका कामदार पनि रोकिएका थिए । प्रकृया पुरा भएर रोकिएका श्रमिकह पनि उडान पक्का भएपछि खुसी छन् ।

लामो समय इजरायल बसी नेपालमा हिब्रु भाषा अध्यापन गराइरहेका यमकान्त न्यौपानेले नेपाली कामदारका लागि इजरायल आकर्षक गन्तव्य रहेको बताए । उनले नेपाल र त्यहाँको सरकारबीच सम्झ्यौत भए अनुसार नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र, वृद्धाश्रम लगायतका क्षेत्रमा केयर गिभरको रुपमा नेपाललीले काम गर्ने छन् । नेपालीका लागि विश्वमै सुरक्षित मानिने त्यहाँ नेपालीले श्रम गरेबापत नेपाली २ लाखसम्म कमाउन सक्ने न्यौपानेले बताए ।

 

सन् २०२१ देखि श्रम सम्झौता भएर नेपालीहरु त्यहाँ जान थालेका छन् । सन् २०१५ मा सरकारीस्तरमा नै कामदार आपूर्ति गर्ने विषयमा नेपाल सरकारसँग इजरायलले ‘पाइलट प्रोजेक्ट’का रूपमा श्रम सम्झौता गरेको थियो । श्रम सम्झौताका आधारमा हिब्रु भाषा, अंग्रेजी र तालिम लिएका कामदारलाई परीक्षण प्रणालीबाट छनोट गरिएको विभागका निर्देशक साहले बताए । इजरायल रोजगारीमा जानका लागि तालिम, इजरायली भाषा र अंग्रेजी समेत जानेको हुनुपर्छ भने प्लस टु उत्तीर्ण भएको हुनुपर्दछ । ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष त्यहाँ जान पाउने छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro