नेपाली बजारमा सिप्रदी ट्रेडिङ्गले शुरु गर्यो लोकोन्याभ बिक्री वितरण
वि.सं.२०७९ साउन ८ आइतवार
shares
काठमाडौं । नेपालको अटोमोबाइल उद्योगको अग्रणी कम्पनी सिप्रदी ट्रेडिङ्ग प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो । जसले गाडीहरुलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पुर्याउछ । गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त छ ।
सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले सिप्रदी ट्रेडिङ्ग प्रालिले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरुको वृहत हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आपूmलाई सशक्त ढंगले अगाडि बढाईरहेको बताए । यसै परिप्रेक्षमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको उनले जानकारी दिए । जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्ने उनको विश्वास छ ।
लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो । जुन विश्वका उदियमान एवं गतिशील बजारहरुका चालक एवं गाडी धनीहरुको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउने तर्फ केन्द्रित छ । विश्वका ५० भन्दा बढी मुलुकहरुमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी संचालनको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ । नविन प्रविधिहरुको प्रयोगमा बनेको यस प्लेटफर्मले गाडीधनी र चालकहरुलाई कम भन्दा कम खर्चमा उच्च कार्यक्षमता हासिल गर्न सहयोग गर्ने कम्पनीको भनाई छ ।
































