साउदीबाट ९३ नेपालीलाई एक्जिट भिषा, ६० दिन भित्र देश छाडनु पर्ने

18.7K
shares
Nabil bank

साउदीअरब। खाडी मुलुक साउदीअरबमा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन्। रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्राप्त गरेका हुन्।

साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दुतावासले साउदी अरब सबन्धित निकायमा अनुरोध गरेको थियो। जसअनुसार साउदी सरकारले ९३ जना नेपालीलाई सो भिषा उपलब्ध गराएर नेपाल फर्कने वातावरण तय गरिदिएको हो।

एक्जिट भिसा लागेका नेपालीहरूले दूतावासबाट भिसा लिएर जान र ६० दिनभित्र अनिवार्य रूपमा साउदी अरब छोड्नसमेत रियादस्थित नेपाली दूतावासले निर्देशन दिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x