यामाहाले रेजेडआर फेन्टासी लिगका लागि ‘रुटिन अफ नेपाल बन्द’ सँग सहकार्य गर्दै

16.8K
shares
Nabil bank

काठमाडौँ।नेपालमा फुटबल क्रेज निकै लोभलाग्दो छ । नेपाली फुटबल समर्थकहरू देशको फुटबल गतिविधिमा मात्र नभएर देशबाहिरको फुटबल गतिविधिलाई समेत निकै चासोको साथ फलो गर्ने गर्छन् । 

 

 

फुटबल जगत्‌कै सर्वाधिक भब्य मानिने इंग्लिश प्रिमीयर लिग (इपिएल)को नयाँ सिजन गत अगस्ट ०६ बाट सुरु भएसँगै फेन्टासी लिग पनि चर्चाको शिखरमा छ ।

 

इंग्लिश प्रिमीयर लिग (इपिएल)मा आधारित रहेर कम्प्यूटर प्रविधिबाट खेलिने यस काल्पनिक खेल पछिल्लो समय नेपालमा इन्टरनेटको सहज पहुँज तथा अन्य प्रविधिको विकाससँगै नेपाली युवाहरूमाझ निकै लोकप्रिय बन्दै आइरहेको छ। पछिल्लो वर्षको तथ्याङ्कअनुसार नेपालमा करिब ५० हजारले ‘फेन्टासी लिग’ खेलेका छन् ।

 

यस सिजनको नेपालको ‘फेन्टासी प्रिमीयर लिग’ लाई अझ भब्य रूपमा आयोजना गर्नका निम्ति फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’(आरओएनबी) ले यामाहा नेपालसँगको सहकार्यमा आयोजना गरेको छ । गत वर्षसम्म आरएनबीले एकल रुपमा सञ्चालन गर्दै आइरहेको उक्त लिगलाई अझ बृहत्तर रूप दिने उद्देश्यको साथ पेजले यस वर्षदेखि यामाहा नेपालसँग सहकार्य गरेको हो ।

 

यस सिजनको ‘फेन्टासी प्रिमीयर लिग’मा सहभागी बन्नका लागि yi23yo रहेको छ । उक्त कोड ‘फेन्टासी प्रिमीयर लिग’को एपमा प्रयोग गरी सहभागी हुन सकिनेछ । तर, यामाहा नेपालको अनुसार सो कोड भने यामाहा नेपालको आधिकारिक शोरुममा भिजिट गरी रजिष्ट्रेशन फारम भरेपछि मात्र मान्य हुनेछ ।

 

फेन्टासी लिग, इंग्लिश प्रिमीयर लिग (इपिएल) मा आधारित रहेर खेलिने काल्पनिक खेल हो जसमा इपिएलको नियमहरूअन्तर्गत र इपिएलजस्तै ९ महिना (३८ हप्ता) सम्म चल्नेछ ।

 

कम्पनीको अनुसार फेन्टासी लिगमा साप्तीहिक विजेता र भाग्यशाली विजेता हुनेछन् । साप्ताहिक विजेता हुनका लागि हप्ताभरका लागि लिगको लिडरबोर्डमा अग्रता लिनु पर्नेछ । त्यसैगरी, भाग्यशाली विजेता लिगको अन्त्यमा घोषणा गरिनेछ जुन प्रत्येक हप्ता लिडरबोर्डमा अग्रता लिनेहरूको पोइन्टलाई आधार मानी गरिनेछ ।

 

साप्ताहिक विजेतालाई यामाहा नेपालको तर्फबाट आकर्षक पुरस्कारहरू दिइने र एक भाग्यशाली विजेतालाई कम्पनीले यामाहा रेजेडआर १२५ एफआई स्कुटर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

 

पछिल्लो समय, डिजिटल खेलमा रमाउने नेपाली युवाहरूको जमात बढ्दो छ । र यसै कुरालाई मध्य नजरमा राख्दै सो जमातलाई थप हौसला र प्रोत्साहन गर्न यामाहा नेपालले नेपालीहरूमाझ लोकप्रिय रहेको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’सँग सहकार्य गरेको हो, लिगको बारेमा बोल्दै, यामाहा नेपालको सिईओ राजु क्षेत्रीले बताए ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x