पत्रकार महासंघका पूर्वध्यक्ष धर्मेन्द्र झाले नै श्रमजीवी पत्रकारलाई हटाउनु अनुचित : महासचिव पुरी

12.6K
shares
Nabil bank

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवी पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न माग गदै नेपाल पत्रकार महासंघ लगायत पेशागत संघसंगठनले आज रासस केन्द्रीय कार्यलयमा धर्ना दिएका छन् ।

 

नेपाल पत्रकार महासंघ र राससका अस्थायीर करारर ज्यालादारी पत्रकार संघर्ष समितिको सयुक्त आयोजनामा श्रमजीवी पत्रकार निष्कासन गर्न लागिएको विरुद्वमा राससमा कार्यलयमा धर्ना दिइएको हो ।

 

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले छिट्टै नै बैठक बसेर आन्दोलनको नयां कार्यक्रम घोषणा गरिने र निष्कर्षमा पुर्याउने बताए । उनले उक्त आन्दोलनको अगुवाई महासंघले गर्ने समेत बताए । महासचिव पुरीले महासंघको पूर्व अध्यक्ष धर्मेन्द्र झाले नै श्रमजीवी पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल ती २२ जना पत्रकारको नवीकरण गर्न माग गरे ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारिले महासंघको पूर्व अध्यक्ष व्यवस्थापन प्रमुख हुंदैमा आन्दोलनमा महासंघको साथ सहयोग नरहने अवस्था नहुने भन्दै महासंघले ती २२ जना पत्रकारको रोजगारी खोस्न नदिने बताए ।

 

महासंघका केन्द्रीय सदस्य अधिकारीले राससका श्रमजीवि पत्रकारको बिषयमा महासंघले अगुवाई गर्ने र समस्या समाधान नहुदासम्म निरन्तरता दिने भनाइ व्यक्त गरे । उनले दीर्घकालीन समस्या समाधानका लागि रासस विनियमावली संशोधन गरेर जानुको विकल्प नरहेको बताए ।

 

समाजवादी प्रेस संगठन कार्यवहाक अध्यक्ष विश्वमणि सुवेदीले राससका पत्रकारलाई व्यवस्थापन गरी न्याय दिनुपर्ने बताए । उनले राससका श्रमजीवी पत्रकारको समस्या अहिलेको मात्र नभएकाले विनियमावली संशोधन गरेर दीर्घकालीन समस्या समाधान गर्नुपर्ने बताए । उनले राजनितिक आस्थाका आधारमा श्रमजिवि पत्रकार हटाउन नमिल्ने बताए ।

 

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले श्रमजीवी पत्रकारलाई निस्काशन गरे प्रेस चौतारीले शसक्त आन्दोलन गर्ने चेतावी दिए । उनले ती २२ जना पत्रकारलाई हटाईएमा राससका अध्यक्ष धर्मेन्द्र झा र महाप्रवन्धक सिद्वराज राईको पदसम्म नजोगिने चेतावनी दिएका छन् ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीले रासस व्यवस्थापनले विकल्प नखोजि श्रमजीवी पत्रकारलाई निकाल्न खोज्नु दुःखद भएकाले विकल्प खोजेर समस्या समाधान खोज्न आग्रह गरे ।

 

नेपाल प्रेस सेन्टरका उपाध्यक्ष विदुर खड्काले राससमा लामो समयदेखि काम गरेका पत्रकारलाई कुनै पनि वहानामा निकाल्न खोजे कडा आन्दोलन गर्ने चेतावनि दिए ।

 

समाजवादी प्रेस संगठनका महासचिव भूपराज खड्काले लामो समयदेखि कार्यरत पत्रकारलाई हटाउन खोजिए आफ्नो संगठनले जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने बताए ।

 

श्रमजीवि पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले नियत खराव राखेर व्यवस्थापन पक्षले श्रमजीवी पत्रकारलाई हटाउन खोजेको भन्दै कुनै पनि हालतमा हटाउन नदिने बताए ।

 

सञ्चारिका समूह नेपालकी अध्यक्ष विमला तुम्खेवाले धर्नाप्रति एक्यवद्वता जनाउँदै समस्या समाधान गर्न आग्रह गरिन् ।

 

रासस संघर्ष समितिका संयोजक रमेश गिरिले व्यवस्थापन पक्षले विकल्प हुँदाहुदै नियत राखेर २० बर्षदेखि कार्यरत रहेका श्रमजीवीलाई हटाउन खोजेको भन्दै रोजगारि सुनुश्चितता नहुँदासम्म आन्दोलन जारि रहने बताए ।

 

प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेश कमिटी इन्चार्ज मोहन बास्तोलाले पत्रकार महासंघका पूर्व अध्यक्षले नेतृत्व गरेको संस्थामा श्रमजीवी पत्रकारलाई हटाउन खोज्नु लाजमर्दो बिषय भएकाले तत्काल ती पत्रकारको रोजगारी सुनिश्चतता गर्न माग गरे ।

 

शुक्रबार दिउँसो १ बजेबाट ३ बजेसम्म नेपाल पत्रकार महासंघ अगुवाई प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, श्रमजीवि पत्रकार संघ लगायत पत्रकारका पेशागत संगठनको सहभागिता रहेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x